कास्कीमा मिर्साको भिरबाट खस्दा जर्मनी नागरिकको मृत्यु

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १३, फागुन

कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्साको भिरबाट बसेर एक जना विदेशी नागरिकको मुत्यु भएको छ । शनिबार भुर्जुङखोला तातोपानीमा बसेर सिर्मा होमस्टे तर्फ उकालो लाग्दै गर्दा मिर्साको उकोलो भिरबाट एक्कासी खस्न पुग्दा करिब २० बर्र्षीया पिया जोसको आज विहान मृत अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

जोस अमेरीकाका एक जना युवासंग नेपाल भ्रमणको क्रममा पोखरा आएकी हुन् । शनिबार बेलुका उक्त मिर्साको उकालो चढ्दै गर्दा वेपक्ता भएकी जोसको राती अबेरसम्म खोजी गर्दा नभेटाए पछि विहान भिरको रुखमा अड्केको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले बताए । उनकको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा राखिएको छ ।

उनका साथे अमेरिकन नागरिकलाई प्रहरीले सोधपुछको लागि आफ्नो नियन्त्रणमा लिएको छ । शनिबार बेलुका राति ११ः०० बजेसम्म मिर्साको भिर क्षेत्रमा स्थानिय, प्रहरीले खोजी गर्दा समेत वेफत्ता हुनु भएको जोसलाई भेट्टाउन नसकिएको मिर्सा सामुदायिक होम स्टेका मिरु गुरुङले जनाइन् ।

उनका साथे अमेरीकन नागरिकले जोस पिसाप फेर्न गएको अबस्थामा मिर्साको उकालो जंगलमा वेपक्ता भएको स्थानियलाई बताएका थिए । आफ्नो गाँउमा आउँने केही उकालो बाटो भए पनि हालसम्म यस्तो घटना नभएको स्थानिय नानी गुरुङले बताइन । बाटो भन्दा केही पर जंगल सहितको भिर भएको उनले जनाइन् । उक्त घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ।



This will close in 20 seconds