पोखरा ११, फागुन
बाह्रखरी मिडियाले वार्षिकरूपमाआयोजनागर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १देखि३ गतेसम्मपोखरामाहुने भएको छ । देशभरकाप्रमुखकर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथाअन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्यछ ।कार्यक्रमको प्रमुखप्रायोजकएनसेल रहेको छ ।सह–प्रायोजकबीवाईडी रहेको छ ।
गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमागरिँदै छ । पोखरा पर्यटन परिषद्तथायुवाउद्यमी परिषद्पोखरा च्याप्टरकार्यक्रममासाझेदार संस्थाकारूपमाजोडिएका छन् ।
यस कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥यालीआयोजनागरिनेछ ।यसको प्रमुख उद्देश्यपोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचानदिलाउन चेतनाजगाउनु रहेको छ ।
चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरापुग्ने३०० बढी ‘कर्पोरेट पाहुना’लाई पोखरा महानगरपालिकाका मेयर धनराजआचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमास्वागतगर्नुहुनेछ ।उक्तपाहुना समूहमाकर्पोरेट नेतृत्ववर्गसहितविदेशी कूटनीतिज्ञ, विदेशीविकास साझेदार संस्थाकाप्रतिनिधिहरूतथावरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनुहुनेछ ।
चैत २ गते नै गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाकाप्रमुखतथाप्रतिनिधि र सम्पादकएवंवरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथापोखरामहानगरको विकास र भविष्यका सम्भावनाकाविषयमाछुट्टाछुट्टै अन्तरक्रियागर्नुहुनेछ ।
चैत ३ गते बिहानहिमालयनगल्फकोर्समा नेपाली सेनाकाप्रधानसेनापतिप्रभुरामशर्माले गल्फसट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसैदिनबिहान ९ बजे प्रतिष्ठितयुवा राजनीतिज्ञ पोखरा युवाउद्यमी परिषद्ले आयोजनागर्ने अन्तरक्रियाकार्यक्रममासहभागीहुनेछन् ।त्यसमादेशभरकायुवाउद्यमीसँगअन्तरक्रियागरिनेछ ।
देशभरबाट पोखरामा भेलाभएकाकरिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुईदिनगल्फप्रतियोगितामाप्रतिस्पर्धामाव्यस्त रहनेछन् ।
चैत ३ गते अपराह्न सम्पूर्ण कार्यक्रमको समापनहिमालयनगल्फकोर्स, मझेरीपाटन,पोखरामाहुनेछ ।उक्तकार्यक्रमकाप्रमुखअतिथि गण्डकीप्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनुहुनेछ ।पोखरा महानगरका मेयर विशेष अतिथिहुनुहुनेछ ।
सो समारोहमागल्फप्रतियोगिताकाविजेताहरूलाई पुरस्कार प्रदानगरिनेछ भने देशभरबाट आएकापाहुनाहरूलाई आपसी भेटघाट र अन्तरक्रियाकालागि एक उत्सवपनिहुनेछ ।
प्रतियोगिताकाअल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूपप्राप्तगर्नेछन् ।
प्रतियोगितामाहोल इनवनगर्ने खेलाडीलाई बीवाईडीको एट्टोथ्री गाडी पुरस्कार राखिएको छ । अन्यविजयीले पनि पुरस्कार प्राप्तगर्नेछन् ।
पोखरामा देशभरिबाट आउने पाहुनाकालागि रेबानपोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियतदिने निर्णय गरेका छन् । देशभरकापाहुनालाई पोखराका २०भन्दाबढीहोटेलहरूमाबसोबास गराउने तयारी भइसकेको छ ।
यस कार्यक्रममाआएर आफ्नो बसाइलम्ब्याउनचाहने पाहुनालाई पोखराकाहोटेलहरूले विशेष छुट दिने सहमतिपनिभएको छ । साथै, पोखरामाभएका साहसिकपर्यटन सञ्चालकहरूसँग पनिबाह्रखरीकापाहुनालाई विशेष छुट दिन सहमतिभएको छ ।
बाह्रखरीले यसअघिपनिपोखरामा यो प्रतियोगिताआयोजना गरेको थियो ।
नेपालको व्यावसायिक क्षेत्रलाई अर्थतन्त्र, पर्यटन, वातावरण, प्रदेश र स्थानीय सरकारसँग जोड्ने मूल उद्देश्यअनुरूप नियमित रूपमागरिँदैआएको ‘आमन्त्रण गल्फप्रतियोगिता’को चौथो संस्करण २०७७ माघ २३–२४मापोखरामा सफलतापूर्वक सम्पन्नभएको थियो ।
उक्त संस्करणले कोरोना र लकडाउनले शिथिलपोखराको पर्यटनलाई ऊर्जा प्रदानगर्न सफलभएको निष्कर्ष निकाल्दै पोखरा पर्यटन परिषद्ले यो वर्षको कार्यक्रमपोखरामाआयोजनागर्न निमन्त्रणा गरेको हो ।
अघिल्लो वर्ष बाह्रखरीले काठमाडौंमाइकोनोमिक समिट र गल्फआयोजना गरेको थियो,जसको उद्घाटन प्रधानमन्त्रीपुष्पकमलदाहालले गर्नुभएको थियो ।
बाह्रखरीले २०७८ सालमा धरानमागल्फ खेलाउँदै विराटनगरमाइकोनोमिक समिट तथा इटहरीमायुवाउद्यमी भेला गराएको थियो ।
यस्तै, २०७६ सालमा सगरमाथाहिमालनजिकको कोङदे–री चुचुरोको ४,२५० मिटरको उचाइमागल्फ खेलाएर नेपालको गल्फ सम्भाव्यतालाई विश्वभर चिनाएको थियो ।
त्यसअघि,बाह्रखरीले २०७४ र २०७५ सालमासुरुआतीदुई गल्फप्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमाआयोजना गरेको थियो ।
विगतकाचारवर्षजस्तै एनसेल यो वर्ष पनिप्रमुखप्रायोजकका रुपमाबाह्रखरी गल्फसँग आवद्ध भएको छ । हरेक वर्ष अर्बौं कर तिरेर सबैभन्दा बढी राजश्वतिर्ने कम्पनीको सूचीमा रहन सफलएनसेलले सरकारलाई कर तथा गैरकर गरी तीनखर्ब भन्दा बढी राजश्वतिरिसकेको छ । र, प्रत्यक्ष, अप्रत्यक्षरुपमा २५ हजार बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।
यसैगरी,इनएसोसिएसनविथ (साझेदार) माविद्युतीय गाडी बीवाईडी रहेको छ । नेपालमात्रनभएर विश्वमाअहिले विद्युतीय गाडीमाबीवाईडीले अग्रस्थानबनाएको छ ।
प्रभु बैंक लिमिटेड (बैंक अफदीइयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।