स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना

-


     पोखरा क्लिक     
     फागुन १० गते २०८० मा प्रकाशित



पोखरा १०, फागुन

स्वर्गीय लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना गरिएको छ । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका धर्मपत्नी, समाजका सदस्य, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्य एंव कर्माचार्य महिला समाजका अध्यक्ष रेखा कर्माचार्यका आमा लक्ष्मी सुन्दरी कर्माचार्यको मृगौला सम्बन्धी उपचारको क्रममा गत पौष २४ गते असामायिक निधन भएकोले विहिबार ४५ दिनको पून्यतिथीमा उहाँको परिवारजनले मृगौला पिडीतलाई सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गर्नु भएको छ ।

कोषवाट प्राप्त रु १ लाख बार्षिक रुपमा कास्की जिल्लाको नागरिकता भएकी, जो मृगौला रोगवाट पिडित भई सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा निःशुल्क डायलसिस गरेकी विपन्न वर्ग महिला एक जनालाई एकमुष्ट रकम सहयोग प्रदान गरिने भएको कर्माचार्य परिवारले पोखराक्लिकलाई जनाएको छ ।

यस वर्ष २०८० को सहयोग रकम आगामी जेठ २०८१, ६ महिनाको पुन्य तिथीमा प्रदान गर्ने दाता चन्द्रकृष्ण कर्माचार्यले बताउनु भयो । उक्त सहयोग कोष संचालन तथा कार्यान्वन गर्न कर्माचार्य समाज, कास्की तथा कर्माचार्य महिला समाज कास्कीलाई संयुक्त रुपमा जिम्मेवारी दिएको कर्माचार्य समाज कास्कीका सचिव ईश्वर प्रसाद कर्माचार्यले उल्लेख गर्नु भयो ।



This will close in 20 seconds