पोखरा, ६ फागुन
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।
हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रबेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश ग¥यो । त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल प्रबेश ग¥यो ।
त्यसै गरी युनिभसिटि लेवलमा इन्फोम्याक्स कलेज पोखरा र पोखरा लिंकन इन्टरनेशनल कलेज फाइनल प्रबेश गरे । पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेज अफ आइटि एण्ड म्यानेजम्यान्टलाई ३–१ गोलले हराउदै फाइनल प्रबेश गरेका छन् । अर्को खेलमा इन्फोम्याट्रिक कलेज पोखराले सोच अलेज अफ आएटिलाई ४–१ गोल हराउदै फाइनल प्रबेश गरे । फाइनल खेल सोमबार दिउसो १२ बजे देखी शुरु हुने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।
त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले जानकारी दिए ।