बाराही हस्पिटालिटीका होटल तथा रेष्टुरेन्टहरूमा भ्यालेन्टाइन डेको अवसरमा विशेष अफर

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८० मा प्रकाशित



पोखरा २९, माघ

बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा भ्यालेनटाइन डे९ प्रणय दिवस० को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ । काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् ।

साथै स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ । बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जाने पाहुनालाई लजले ुटेस्ट अफ लभु कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।

हस्पिटालिटी अन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।

यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ुरोमान्टिक डिनरु मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो । पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।



This will close in 20 seconds