बन्दै गरेको लिफ्टबाट खसेर एक ईन्जिनीयरको पोखरामा मृत्यु

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १६, माघ

पोखरामा बन्दै गरेको लिफ्टबाट खसेर एक ईन्जिनीयरको मृत्यु भएको छ । पोखरा ६ खहरे चोक स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको ५ औँ तलाको लिफ्टमा पर्न गई अचानक खस्दा पोखरा रत्नचोक बस्ने ३७ बर्षका ई.प्रबिण भट्टराईको मुत्यु भएको प्रहरीले जनाएको छ । तातो पानीको सर्बे गर्ने क्रममा उक्त भवनमा अध्ययन तथा अवलोकन गर्न पुगेका ई.भट्टराई दिउँसो १ः०० बजे अचानक बन्दै गरेको लिफ्टबाट खस्न पुगेको स्थानियले जनाए ।

पोखराको न्युरोड स्थित मुक्ति ईनर्जी प्रा.लि.का ईन्जिनियर भट्टराई लिफ्टबाट खस्नसाथ गम्भिर घाइते भई उपचारको लागी गण्डकी मेडिकल कलेज ल्याएकोमा अस्पतालले दिउँसो २ः२७ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार बि.क.ले बताए । उक्त घटनाको बिषयमा अनुसन्धान हुने उनले जनाए ।



This will close in 20 seconds