पोखराक्लिकका सम्पादक दीननाथ बराल पुरस्कृत, ७ जना पत्रकार एकै मञ्चमा सम्मानित

-


     पोखरा क्लिक     
     माघ १२ गते २०८० मा प्रकाशित



पोखरा १२, माघ

यस पोखराक्लिव डटकमका सम्पादक दीननाथ बराल पोखरामा पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गरेको आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट बराल पुरस्कृत हुनु भएको हो ।

विगत दुई दशकदेखि पोखरामा क्रियाशील रही सिर्जनशील पत्रकारिता मार्फत् कास्कीको आर्थिक क्षेत्रको विकास र समाज परिवर्तत तथा नेपाल पत्रकार महासंघको सस्थागत विकासमा बरालले पुर्याउनु भएको योगदानको कदर गर्दै महासंघ कास्कीले पत्रकार बराललाई नगद २० हजार सहित पुरस्कृत गरेको महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पोखराक्लिकलाई बताउनु भयो । शुक्रबार महासंघमा आयोजित पुरस्कार अपर्ण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार बराललाई सम्मान गर्नु भएको हो । उक्त पुरस्कारको प्रभिा छनौट समितिमा पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली रहनु भएको थियो । बराल यस अघि १० भन्दा बढी विभिन्न संघ संस्थाबाट सम्मानित तथा पृरस्कृत हुनु भएको छ ।

यसैबिच उक्त पुरस्कार २०७८ बाट टंकराज अधिकारी पुरस्कृत हुनु भएको सचिव माधव बरालले बताउनु भयो । आर्थिक पत्रकारिता पुरस्कार सहित नेपाल पत्रकार महासंघ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा शुक्रबार पुरस्कृत गरेको हो । पुरस्कृत हुने पत्रकारहरुमा कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी रहनु भएको छ ।
महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुनु भएको हो । उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिएको हो भने उक्त पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुनु भएको हो ।