पोखरा महानगरको फोहोर पुनः उठ्न थालेको छ । फोहोर व्यबस्थापनमा भुक्तानीमा ढिलाई भएको कारण पोखरामा उठ्न नसकेको फोहोर आज देखि पुनः उठाउन सुरु भएको पोखरा महानगरका प्रबक्ता मोतीराज तिम्सिनाले पोखराक्लिकलाई बताउनु भयो ।
प्रविाधिक कारणले गर्दा फोहोर व्यबस्थापनको भुक्तानीमा केही समस्या भएकोले त्यसको हल गरेसंगै हाल निर्वात रुपमा फोहोर उठाउन सुरु भएको उहाँले बताउनु भयो । पोखरामा करिब एक साता देखि फोहोर उठाउन नसक्दा पोखराका मुख्य सडक पेटिका छेउ छेउ तथा शहरका चोक चोकमा फोहोरको डंगुर रहेको छ । पोखरामा विगत लामो समय देखि सडक क्षेत्रमा अव्यबस्थित ढंगले फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ ।
पोखराको उक्त सबै फोहोर उठाउन केही दीन लाग्ने भएको छ । पोखरामा हाल करिब २८ वटा गाडी रहेका छन्। महानगरको अस्थायी ल्यान्डफिल साइट व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले एस्क्काभेटरको भाडा र इन्धनको इन्धन रकम नपाएको भन्दै फोहोर फाल्न रोक लगाउनु भएको थियो । गतवर्षदेखि पोखरा ३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइट सञ्चालनमा आएको थियो । पोखराको पुरानो ल्याडफिल्ड साइडमा हाल गौलाशा निर्माण भएको छ ।