
दीननाथ बराल
पोखरा २२, पुष
पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्क्ता भएको देखिदैन् । पोखरा रंगशाला भित्रको सबै भन्दा बढी लगानी र आम्दानी हुने श्रोतको रुपमा रहेको उक्त फुटवल मैदान संरक्षणमा भने सरोकारवाला निकायले विभिन्न वहाना बाजी गर्दै तर्कीनु भएको छ ।

अहिले हिउँदाको समय भएकोले नियमित कम्तिमा पनि हप्ता दिनमा पानी हाल्नु पर्नेमा यो वा त्यो वहानामा फुटवल मैदानको दुबो मर्दै जादा यस बिषयमा कसैले चासो र चिन्क्ता गरेको पाइएको छैन्। सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीहरु विगत ६ महिना देखि पानी हाल्न नसकेको कारण देखाउदै उम्किन खोज्नु भएको छ । पोखरा रंगशाला भित्र १ अर्ब २८ करोडको लागतमा सबै भन्दा ठुलो लगानीमा केही बर्ष अघि निर्माण गरिएको उक्त फुटवल स्टेडिएम अन्र्तगत फुटवल मैदानको समयमै संरक्षण गर्न नसक्नु निकै दुःख लाग्दो कुरा भएको फुटवल पे्रमीले गुनासो गर्नु भएको छ ।

फाइल फोटो
पोखरा फुटवल मैदानमा आफुहरु जानको लागि पनि चाबी अर्कोसंग माग्नुपर्ने अबस्थाले गर्दा आफुहरुले चाहेर पनि अहिलेको अबस्थामा पोखरा फुटवल स्टेडिएम सहितको फुटवल मैदानको संरक्षणमा ध्यान दिन नसकेको अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष उज्वल रञ्जितले बताउनु भयो । पोखरा रंगशाला भित्र सबैको आकषर्णको केन्द्रको रुपमा रहेको फुटवल स्टेडिएम सहितको फुटवल मैदान समयमै संरक्षण नहुदा आफुहरु समेत लज्जित भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । राखेप अन्र्तगत जिल्ला खेलकुद विकास समिति कास्कीको माताहातमा रहेको उक्त फुटवल मैदान संरक्षण गर्न पटक पटक आग्रह गर्दा खासै सुनुवाइ नभएको अध्यक्ष रञ्जितले उल्लेख गर्नु भयो । पोखरा रंगशालाको फुटवल मैदान संरक्षणको लागि समय समयमा पानी हाल्नु पर्नेमा करिब ६ महिना देखि मैदानको बारेमा कसैले पनि चासो नदेखाएको अध्यक्ष रञ्जितले बताउनु भयो ।

यस बिषयमा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामाले उक्त फुटवल मैदानमा पानी हाल्ने मेसिल बिग्रिएका पानी हाल्न नसकेको बताउनु भयो । पोखरा रंगशालाको फुटवल मैदानमा भारत कोलकत्ताको बर्माडा ग्रास (दुबो) ल्याएर रोपे पनि हाल अधिकांश दुवो मर्न थालेको उहाँले बताउनु भयो । जिल्ला खेलकुद विकास समिति कास्कीले उक्त फुटवल स्टेडिएम प्रयोग गरे वापत प्रति दीनको अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको ५५ हजार, राष्ट्रिय स्तरको २५ हजार, प्रदेश स्तरको २० हजार र स्थानिय स्तरको १० हजार शुल्क निर्धारण गरिएको छ । दील बहादुर गुरुङको संयोजकत्वमा गठित समितिले रंगशालाको सरसफाई, फोहोर व्यबस्थापन, बत्ती, पानी, इन्टरनेट लगायतको व्यबस्थापनको लागि उक्त शुल्क निर्धारण गरेको हो ।

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबल प्रतियोगिताको लागि लक्षित गरी उक्त फुटबल स्टेडियम निर्माण गरीएको हो ।