काठमाण्डौं २२, पुष
जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोवार गरेका छन् । १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ । यो प्रिमियम रकम गत आवको पाँच महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो ।
गत आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनी (लघु बीमा कम्पनी बाहेक) ले ५९ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । जीवन बीमा कम्पनीले यो वर्ष दुई अर्ब २४ करोड रुपैयाँले व्यवसाय बढाएका हुन् । यो अवधिमा ठूला जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड बीमा शुल्क संकलन गर्दा लघुबीमा कम्पनीको व्यवसाय एक करोड रुपैयाँमा सीमित छ । आर्थिक वर्ष २०८०र८१ को मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले करिब साढे २ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।