
तनहुँका सन्दिप पराजुलीको रेकर्ड ब्रेक
पोखरा २२, पुष
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौट अन्र्तगत आइतबार भएको खेलमा तनहुँले जित हासिल गरेको छ । आइतबारको खेलमा तनहुँले नवलपुरलाई १० रनको झिनो अन्तरले पराजित गरेको हो ।
पहिला टस जितेर व्याटिङमा उत्र्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा २४.१ ओमरमै अलआउट हुदै १ सय १० रनको योगफल तयार पार्यो । १ सय ११ झिनो रनको लक्ष्य पाएको नवलपुरले उत्कृष्ट खेल प्रर्दशन गर्न नसक्दा १० रनको झिनो अन्तरले हार व्यहोर्नु पर्यो । नवलपुर २४.१ ओभरमा अल आउट हुदै १ सय रनमै समेटियो । तनहुँको जितमा ९ विकेट लियर रेक्र्ड ब्रेक गरी चमत्कारी खेल प्रर्दशन गरेका तनहुँका सन्दिप पराजुली खेलमा म्यान अफ दी म्याच घोषित भए । उनलाई पोखरा १४ का वडा अध्यक्ष बोधराज कार्कीले ट्रफीको साथमा नगद २ हजार प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नु भएको छ ।
कास्कीका विशाल पौडेलले ३ र कमल पराजुली तथा कुमार रानाले समान २÷२ विकेट लिए । तनहुँको जितमा कृष्ण एरीले ४१, समिर कर्णेलले १८ रन जोड्दा नवलपुरका गोविन्द बि.क. २७, प्रमिश अर्यालले २२, राजन काफ्लेले १५ रन जोडे ।ु पुष २३ गते सोमबार तनहुँ र पर्वत बिच खेल हुने भएको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । शनिबार स्याङजाले कास्कीलाई पराजित गरेको थियो ।