पोखराको प्रर्दशनी केन्द्रमा जारी प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको दोश्रो दिन शनिबारसम्म करिब २० हजार दर्शक भित्रिएको दाबी गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रर्दशनीमा दुई दिनमा करिब २० हजार दर्शक भित्रिएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो ।
प्रर्दशनीमा शनिबार मात्र नगद ३० लाख मुल्य बराबरको आर्थिक कारोवार भएको छ भने ३ करोड मुल्य बराबरको कृषि औचार तथा सामानहरुको खरिद गर्न अग्रिम बुकिङ भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त प्रर्दशनीमा हाते ट्याक्टरको बढी खरिद तथा बुकिङ भएको उहाँले बताउनु भयो । यही पुस २२ गत आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा नेपाल सहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्ड सहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि भई रहेको छ ।
कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट भएको अध्यक्ष शर्माले दाबी गर्नु भयो । प्रदर्शनीमा ६० भन्दा बढी व्यावसायिक तथा सेवामुलकका ७० वटा स्टलहरू भएको अध्यक्ष शर्माले बताउनु भयो । उक्त कार्यक्रममा हालसम्म करिब ४० जिल्लाका सहभागी भएको उहाँले जनाउनु भयो ।
प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैढ़ सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु सेवा प्रदायक कृष कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता भएकोे छ ।
प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यबसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको संघले जनाएको छ ।
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र यस संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने वालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तरक्रिया भई रहेको छ ।