पिएम कप क्रिकेट छनौटमा लगातार हारसंगै बागलुङ बाहिरियो, स्याङजाको सहज जित

-


     दीननाथ बराल    
     पौष २० गते २०८० मा प्रकाशित



पोखरा २०, पुष


प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा बागलुङ माथि स्याङजाले सहज जित हासिल गरेको छ । शुक्रबारको खेलमा स्याङजाले बागलुङ माथि १ सय ४१ को बिशाल रनको अन्तरले पराजित गर्दै सहज जित हासिल गरेको हो ।

टस जितेर व्याटिङ गरेको स्याङजाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४४ बिशाल रनको योगफल तयार पार्यो । ३ सय ४५ रनको लक्ष्य पाएको बागलुङले ५० ओभर मा ८ विकेटको क्षतीमा २ सय ३ रनमै समेटियो । श्ुाक्रबारको खेलमा नायक भएका स्याङजाका इश्वर क्षेत्रीले १४४ रन जोड्न सफल भए । शुक्रबारको खेलमा १० छक्का प्रहार गरेका उनी म्यान अफ दी म्याच समेत घोषित भए ।

पोखरामा जारी प्रतियोगितामा बागलुङ विहिबारको खेलमा कास्कीसंग पराजित भएको थियो । समुह ‘ए’ रहेको बागलुङ लगातार दुई खेलमा हार व्यहोरेसंगै प्रतियोगिताबाट बाहिरिएको हो । स्याङजाका अश्विन रानाले ४३ रन, सन्दिप खत्री क्षेत्रीले ३२ र करन पंगेनीले २८ रनको योगदान दिए । त्यस्तै, बागलुङका लागि अर्जुन रायमाझीले ७० रनको योगदान दिंदा दिपेश कुवंरले ५४ रनको योगदान दिए, तुलसीराम भण्डारीले ३ विकेट लिए । बागलुङका लागि अंकित अर्जुन रायमाझीले ३० रन जोड्दै ३ विकेट लिए भने अंकित न्यौपानेले २९ रन जोड्दै २ विकेट लिए । खेलको म्यान अफ दि म्याच भएका इश्वरलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले मेडल प्रदान गरेका थिए ।

यसैबिच, शनिबार घरेलु टिम कास्की बिरुद्ध स्याङजा बिच खेल हुने भएको संघ प्रदेशका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताए ।