पोखरामा खेलकुदका गतिविधि बढाउनः राखेप सदस्य गुरुङको आग्रह, रंगशालामा प्रगती स्कुलको खेलकुद

-


     पोखरा क्लिक     
     पौष २० गते २०८० मा प्रकाशित


पोखरा २०, पुष

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले पोखरामा नियमित खेलकुदका गतिविधि बढाउन आग्रह गर्नु भएको छ । पोखराको प्रगती बोर्डिङ स्कुलको खेलकुद दिवस २०८० को शुक्रबार पोखरा रंगशालामा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशको राजधानि पोखरामा खेलकुदका गतिविधिहरु बढाउन आग्रह गर्नु भएको हो ।


खेलकुदको जग भनेकै बिद्यालय भएकोले उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी अहिले देखिनै खेलकुदका गतिविधि बढाउन सदस्य गुरुङले बिद्यालयहरुलाई सुझाव दिनु भएको हो । कर्णाली प्रदेशमा आउदो २०८१ को मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलकुदका गतिविधि बढाउनु पर्ने उहाँको भनाई थियो ।

पोखरा रंगशालामा निर्माण भएका खेल भौतिक संरचनाको संरक्षण सहित भरपूर्ण रुपमा प्याव्सन, एन प्याव्सन, हिसान लगायतका संघ संस्थाहरुले उपयोग गर्न राखेप सदस्य गुरुङको भनाई थियो । उत्कृष्ट खेल प्रर्दशन गर्ने तथा नयाँ प्रतिभा खेलाडीहरु उत्पादन गर्न आवश्यक पर्ने खेल प्रशिक्षक समेत राखेपले उपलब्ध गराउने उहाँले बताउनु भयो । प्रगती स्कुलले ८ ईभेण्टमा यस बर्ष विभिन्न खेलकुद समेटेकोमा धन्यवाद दिदै सदस्य गुरुङले अगामी बर्ष देखि अझ बढी खेलहरुलाई समावेस गर्न आग्रह गर्नु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, बिद्यालयका अतिरिक्त कृयाकलाप संयोजक सुमन कार्की लगायतले वोल्नु भएको थियो । बिद्यार्थीहरुको शैक्षिकसंगै खेलकुदको विकास गर्न पनि उक्त कार्यक्रम बार्षिक रुपमा गर्दै आएको बिद्यालयका संस्थापक दीनेश श्रेष्ठले जनाउनु भयो । बिद्यालयका ४ सदनहरु बिच विभिन्न ८ बिधामा खेल भएको प्लस टु संयोजक डोलराज अर्यालले बताउनु भयो । मार्च पासमा अन्नपूर्ण समुह उत्कृष्ट भएको बिद्यालयका शिक्षक शुक्रराज बरालले बताउनु भयो ।

बिद्यालयमा १ हजार १ सय ६२ जना बिद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । करिब ५ सय बिद्यार्थीहरु विभिन्न खेलकुदमा आबद्ध भएको बिद्यलायले जनाएको छ ।