प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा तथा बालबालिका प्रयोग नगर्न निर्देशन

-


     पोखरा क्लिक     
     पौष १७ गते २०८० मा प्रकाशित


काठमाडौँ १७, पुष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नगर्न तथा बालबालिकाहरूलाई समेत सहभागी नगराउन निर्देशन दिनुभएको छ ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचारले चर्चा पाएसंगै प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन गरिएको सचिवालयले जनाएको छ।