
दीननाथ बराल
पोखरा १५, पुष
पोखराको सडक महोत्सवमा आज मध्य रात १२ः०० बजे आतिसबाजी हुने भएको छ । रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ः०० बजे पछि नयाँ अग्रेंजी बर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी हुने भएको श्रोतले एटुजेडलाई जनाएको छ ।
पोखरालाई पर्यटनको राजधानि अन्तिम तयारी भई रहदा पोखरामा विगत लामो समय देखि पर्यटन प्रबद्र्धन गर्नका निम्ति आयोजना हुने उक्त महोत्सवमा आतिसबाजी गर्दा धेरै जनाको लागि खुसि र रमाइलोको लागि पनि आतिसबाजी गर्ने तयारी गरिएको जनाइएको छ । पोखरा सडक महोत्सवमा आतासवाजी हुदा केही आलोचना समेत हुने हुदा यसपाली आयोजकले कानूनि रुपमै अनुमति लियर आतासवाजी गर्ने तयारी गरेको श्रोतको दाबी छ ।