सागर सुनार
पोखरा २८, मंसिर
पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्लिस बोर्डिङ स्कुलको ३१ औं बार्षिकोत्सवको अवसरमा बिद्यालयले पोखरा क्षेत्रमा बृहत सरसफाई गरेको छ । बिद्यालयको सामाजिक उत्तरदाहित्व अन्र्तगत समाजका केही प्रतिष्ठित तथा सार्वजनिक स्थलहरुमा हालै सरसफाई गरिएको बिद्यालयका संस्थापक निर्देशक चित्र कुमार गुरुङले बताए ।
“सभ्यता र सृजनाको निम्ति शिक्षा” भन्ने सिद्धान्तका साथ संचालित उक्त बिद्यालयको ३१ औं बार्षिकोत्सवको अवसरमा रामघाट क्षेत्र, बौद्ध अर्थों सदन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हस्पिटल चोक, बुद्ध चोक, रक्षा मार्ग, शान्तिपथ, अमरसिंह चोक, राममार्ग टोल लगायतमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
उक्त अवसरमा बिद्यालयले विद्यार्थीहरुका लागि विभिन्न खेलकुद र विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गर्यो ।
बिद्यार्थीहरुलाई सामाजिकीकरण गर्न र समाजमा असल नागरिकले गर्नु पर्ने कर्तव्य बोध गराउन पनि सरसफाई कार्यक्रम गरिएको बिद्यालयका प्रिन्सिपल कौशल्या गुरुङले बताइन्। बिद्यालयमा नर्सरी देखि कक्षा १० सम्मका करिब ४ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन भने करिब ३० जना शिक्षकहरु रहेका छन्।