सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोज्ने

-


     पोखरा क्लिक     
     मंसिर २७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २७, मंसिर

सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोजिने भएको छ । पोखरा फुलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचार हुदै गरेका एक युवा सम्पर्क बिहिन भई सेतीनदीमा हुन सक्ने आशंकामा प्रहरीले विहिबार दिउसो पानीको बाहक बढायर खोज्ने तयारी गरेको हो । स्थायी घर तनहुँ भई हाल पोखरा १६ को लामाचौरमा बस्दै आउनु भएको १९ बर्षका संगम मिश्र यही मंसिर २५ गते साँझ ६ः२९ बजे मणिपालको इमर्जेन्सि वार्डमा स्वर सहितको अन्य उपचार गर्न लगिएकोमा सोही दिन देखि वेपक्ता भएकोले उहाँको खोजी गर्न परिवारले आग्रह गरेको छ ।

वडा प्रहरी कार्यालय बगरको एक टोलीले मिश्रको खोजतलास गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा मिश्रले लगाएको कपडा र परिचय पत्र समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताउनु भयो । सेतीनदीको माथि रहेको उक्त पुल क्षेत्र परिपरी केही दिन देखि खोजतलास गर्दा समेन नभेटिएकोले भोलि उक्त सेतीनदीमा पानीको बाहक बढाउने भएको उहाँले जनाउनु भयो ।

भोलि(विहिबा) दिउँसो मध्यान्हः१२ः०० बजे देखी दिउसो ४ः०० बजेसम्म पोखरा १६ दिप स्थित रहेको ड्याम खोली खोजतलास समेत गरी दिनुहुन मिश्र परिवारबाट आएको अनुरोधका कारण विहिबार सेतीनदीको पानीको बाहब बढाउने भएको प्रहरीले जनाएको छ । उक्त समयमा सेति नदीमा पानीको वाहफ बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि प्रहरीले पूर्व सुचित गरेको हो । यदि कुनै कारण वश सेतीनदी छेउमा परेको भए कुना कप्चामा अड्केको हुनसक्ने भएकोले गर्दा पनि सेतीनदीमा पानीको बाहक बढाउने भएको डिएसपी बि.क.ले एटुजेडलाई बताउनु भयो ।

संगम मिश्र ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालको ईमर्जेन्सी वार्डमा आएकोमा चेकअपको क्रममा निजको बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा छोरा संगम मिश्र अस्पतालबाट हराउनु भएको प्रहरीले जनाएको छ । मिश्र परिवारले संगम मिश्रको खोजि कार्यमा सहयोग गर्न पोखरेलीहरु समक्ष आव्हान समेत गर्नु भएको छ ।



This will close in 20 seconds