पोखरामा २८ जनालाई रोजगार दिएको दोहोरीको लगानी ३ घण्टामै खरानी

-


     पोखरा क्लिक     
     मंसिर २७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २७, मंसिर

२८ जनालाई रोजगार दिएको पोखराको एक दोहोरी साँझमा बिद्युत सर्ट हुदा करिब ३ घण्टामै दोहोरी साँझको संरचना खरानीमा परिणत भएको छ । पोखरा सृजनाचोक स्थित नैना दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रा.लि.मा आज विहान अचानक बिजुली सर्ट भई आगोलागी भएको कास्की प्रहरीले जनाएको छ ।

उक्त दोहोरी साँझमा आज बिहान ७ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले एटुजेडलाई बताउनु भयो । उक्त घटनामा मानविय क्षेती भने नभएको उहाँले जनाउनु भयो ।
पोखरा ८ स्थित माधव बरालको घरको तेस्रो तलामा संचालनमा रहेको उक्त दोहोरी साँझमा अगलागीबाट करिब एक करोड बराबरको क्षती भएको दोहोरी साँझका संचालक विष्णु आचार्य (कोमलनाथ) ले गुनासो गर्नु भयो । आज बिहान स्थानियले जानकारी गराए पछि आफ्नो दोहोरी साँझामा आउदा आगलागी भएको अबस्थामा देखे पछि प्रहरीलाई र दमकललाई खबर गरेको उहाँले जनाउनु भयो । १५ महिना अघि करिब १ करोड ८ लाखको लगानी संचालन गरेको उक्त दोहोरी साँझमा आगलागी हुदा आफ्नो लगानी नराम्रोसंग डुबेको उहाँले गुनासो गर्नु भयो ।

आगोलागी भएको सुचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरिक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा खटिएको १८ जनाको टोली सहित दमकल र स्थानियको सहयोगमा आज बिहान ७ः०५ बजे उक्त आगो नियन्त्रामा आएको थियो ।

आगलागीबाट मोबाईल बिभिन्न कम्पनीको १० थान, फ्रिज १ थान, सीसी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउण्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभीन्न ब्राण्डको रक्सी ८० हजार बराबरको, ग्यास गिजर १ थान, वाल फेन ४ थान, वाईरिङ सम्पूर्ण र नगद पचास हजार लगायतको क्षती भएको आचार्य परिवारले प्रहरी सामु जानकारी गराउनु भएको छ । तेश्रो तलामा साउण्ड प्रुभ हुने गरी बनाएको उक्त दोहोरी साँझको सबै झ्याल तथा ढोका बन्द भएको हुदा आगलागी भएर पनि आगो लाग्दै निसासियर कोठामा विस्तारै आगो लाग्दै निभ्दै गरेको हुन सक्ने स्थानियले एटुजेडलाई बताउनु भयो । उक्त दोहोरीमा लागेको आगो अन्य कोठामा र अन्य घरहरुमा सल्केको भए मानवीय सहित अझ धेरै क्षती हुन सक्ने थियो ।

आफ्नो जग्गा बेचेर श्रीमान रुश्रीमती रातभरी खटिदै उक्त व्यवसाय हाकेका आचार्य परिवारलाई उक्त क्षतीले निकै निरास बनाएको छ । आफ्नो परिवार नै स्वरोजगार मात्र नभई २८ जनालाई रोजगार दिएको उक्त दोहोरी साँझका संचालक आचार्य विगतका बर्ष देखि विभिन्न व्यक्तिहरुसंग सहकार्यमा दोहोरी संचालन गर्दै आउनु भएको थियो । यद्यपी यसपाली भने एकल लगानीमा उक्त दोहोरीमा लगानी गर्नु भएको आचार्यले दोहोरी साँझ छाडेको करिब ३ घण्टामै जलेर नष्ट भएको छ ।