अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

-


     पोखरा क्लिक     
     मंसिर २६ गते २०८० मा प्रकाशित


पोखरा २६, मंसिर

कास्कीमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधनलनाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की जिल्ला अन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी गर्दै गरेको अबस्थामा प्रहरीले ५६ वटा सवारी साधनलाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो ।

अवैध रुपमा प्राकृतिक दोहोन भएको स्थानीय जनगुनासो तथा सूचनाको आधारमा प्रहरी टोलीले आज (मंगलबार) अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधनहरु (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पोखरा महानगरपालिकाको नगर कार्यपालीकाको कार्यालयमा पठाईएको हो ।

नदिजन्य सामाग्री ढुवानी गर्ने व्यवसायीहरुलाई महानगरपालिकाले आजनै सूचना जारी गरेको छ । पोखरा महानगरपालिका क्षेत्रभित्र अवैध रुपमा नदिजन्य सामाग्री ओसारपसार तथा विक्रि वितरण भएको पाइएकोले मंगलबार सुरक्षा निकायका प्रमुख समेतको उपस्थीतिमा भएको छलफलबाट अनिवार्य रुपमा विल÷विजक जारी गरी ढुवानी गर्न चेतावनी दिइएको छ ।

त्यसै गरी मिति, समय, ढुवानी हुने सवारी साधन नं र विल नं खुलेको चलानी पुर्जा चालकसंग अनिवार्य रुपमा हुनुपर्ने, भ्याट÷ प्यान नं स्पष्ट भएको विल हुनुपर्ने, पोखरा महानगरपालिका संग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योग सम्म नदिजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदिशा र चलानी पुर्जा अनिवार्य रुपमा साथमा हुनुपर्ने भएको छ ।

त्यस्तै क्रसरहरुले बिक्रि गर्दा अनिवार्य रुपमा विल÷विजक जारी गरी ढुवानी गर्नुपर्ने, नदिजन्य सामाग्री विक्रि गर्ने डिपोहरुबाट ५० लाख सम्मको बार्षिक कारोवार गर्ने भएमा प्यान विल जारि गर्न पाइने र सो भन्दा माथिको कारोवार हुने भएमा भ्याट विल जारी हुनुपर्ने महानगरले निर्देशन जारी गरेको हो ।



This will close in 20 seconds