व्यापार मेलामा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु

-


     पोखरा क्लिक     
     मंसिर २६ गते २०८० मा प्रकाशित


पोखरा, २६ मंसिर

पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् । शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल,मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो,औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टलहरुको अवलोकनसहित शैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् ।

विद्यार्थीहरुलाई अध्ययन–अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । दक्ष र बजारले खोजेको जनशक्ति उत्पादनको अभियानमा लागेको शिक्षालयले विद्यार्थीहरुलाई स्वरोजगार र त्यो पनि नभए रोजगारसँग जोड्ने नीति तयर गेको बताउँदै व्यापार मेला अवलोकनले विद्यार्थीमा आत्मविश्वास जागेको धारणा व्यक्त गरे ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले विद्यार्थीहरुलाई आफूले उपभोग गर्ने सामानहरु कसरी उत्पादन हुन्छ,त्यसको प्रवद्र्धन र बिक्रीमा कस्तो कला अपनाउनुपर्छ भन्नेबारे जानकारी राख्न सुझाए । उपभोक्ताको आवश्यता र रुचिलाई केन्द्रमा राखेर उत्पादन गर्दा बजार अभाव नहुने उनको धारणा थियो । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइराला,संघका महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, कार्यसमिति सदस्य भीम गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।