जिएमसीको बीडीएस मा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परीे मृत्यु

-


     पोखरा क्लिक     
     मंसिर २४ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २४, मंसिर

पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी) कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा २६ स्थित पृथ्बीराजमार्ग अन्र्तगत पर्ने शुन्दरी बजार क्षेत्रको सडकमा कारसंग स्कुटर ठक्कर खादा जिएमसीका दुई जना बीडीएस(व्याचलर एण्ड टेण्टल सर्जर) का दुई बिद्यार्थीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा पोखरा म.न.पा.वडा नं.२५ हेम्जाकी २३ बर्षीया अनिशा खड्का र पोखरा ५ निवासी २४ बर्षकी भावना बराल रहेको कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी श्रवणकुमार बि.क.ले बताए । आइतबार दिउसो करिब ४ः१५ बजे पोखराबाट तालचोक तर्फ जादै गरेको बीएए ००४१ नम्बरको कारले विपरित दिशाबाट आएको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटना पश्चात दुबै बिद्यार्थीको उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

उनीहरुको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिम क्षेत्रीय अस्पताल) मा राखिएको प्रहरीले जनाएको छ । पोखरा अघौं निवासी कार चालक मन बहादुर बानियालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख भानु शर्माले एटुजेडलाई बताए ।

सवारी दुर्घटनामा परी मृत्यु भएका दुबै बिद्यार्थीहरु आफ्नो कजेलका निकै मेहेनेती बिद्यार्थीहरु रहेको कलेजले जनाएको छ । जिएमसीमा बीबीएस(व्याचलर एण्ड टेण्टल सर्जर) चौथो बर्षमा अध्ययनरत बिद्यार्थी रहेको जिएमसी की मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.टु माया घलेले बताइन् । आइतबार ५ः बजे उक्त घटना भएको सुनेर घटनास्थलमा जादा गर्दा करिब ५ किलोमिटरको यात्रा १ घण्टा लागेको उनले बताइन्। उक्त घटनाको बिषयमा कलेजले दुःख व्यक्त गरेको छ । पछिल्लो क्रममा पोखरामा सडक दुर्घटनाको जोखिम बढेको स्थानियले बताउदै आउनु भएको छ ।