खल्तीको सेवा खल्तीबाट मेलाको टिकट काट्दा ५० रुपैयाँसम्म खातामै फिर्ता

-


     पोखरा क्लिक     
     मंसिर २२ गते २०८० मा प्रकाशित


पोखरा, २२ मंसिर

‘गोजीमा दाम छैन रु गोजीमा दाम नहुने मान्छे केही पनि काम छैन ।।१’ पैसाको महत्व बुझाउन एकताका अत्यधिक रुचाइएको गीतको यो अन्तरा काफी छ । कुनै जमानामा खन्खनी गन्नुपर्ने पैसा यस्तै गोजी ९खल्ती० वा थैलीमा राखिन्थ्यो । जमाना बदलियो । लगाउने कपडामा भएको खल्तीमा मोवाइललगायतका विद्युतीय ‘डिभाइस’ हरुले राज गरिसके । दाम पैसा नोट हुँदै विद्युतीयमा बदलियो । चाहेको बेला चट्ट मोवाइल खोल्ने, त्यसैबाट अर्को व्यक्तिको खातामा रुपैयाँ पठाउन मिल्ने भएपछि गोजीमा हैन मोवाइलमा दाम भए पुग्ने अवस्था सिर्जना भएको छ । न खुद्रा पैसाको दुःख, न बढी रकम तिरियो भन्ने नै पीर १ डिजिटल पर्स वा विद्युतीय भुक्तानी सेवाले मान्छेको दैनिकी सरल बनाइदिएको छ ।
र,यस्तै सेवा दिने नेपालको अग्रणी डिजिटल वालेट र विद्युतीय भुक्तानी सेवा प्रदायक खल्ती यो मामिलामा अग्रणी देखिएको छ । झण्डै ७ वर्ष पहिला ४ जना युवाले जन्माएका हुन्–खल्ती । पोखराका ध्रुव अधिकारी,बाराका अरविन साह,जनकपुरका मनिष मोदी र वीरगञ्जका अमित अग्रवालले इञ्जिनियरिङ पढ्दै गर्दा खल्ती जन्माएका हुन् । अमितबाहेकका युवाहरु पुल्चोक इञ्जिनियरिङमा पढ्थे । स्पारो एसएमएस सेवाको सफलताबाट हौसिएका उनीहरुले डिजिटल भुक्तानी गर्ने नयाँ गेटवे बनाउने योजना बनाए । २०१७ मा यो खल्ती लञ्च भयो । नेपालमा त्यसअघि पनि यस्ता वालेटहरु आइसकेका थिए । युवाहरुले मिहिनेत गरे । खल्तीलाई सजिलो र सवैको प्रिय बनाउन अनेकौं योजना ल्याए । ‘पैसाको नयाँ ठेगाना’ भन्दै गरिएको ब्राण्डिङबाट खल्ती लोकप्रिय बन्यो । गुगल एप्सले खल्तीलाई पुरस्कृत नै ग¥यो ।

खल्तीबाट मोवाइल रिचार्जदेखि खानेपानी, बिजुली,रेष्टुराँको बिल तिर्नदेखि ठूला भुक्तानी पनि गर्न सकिन्छ । खल्ती नेपालका सवैजसो बैंक र वित्तीय संस्थासँग जोडिएको छ । हो, पोखरेली युवा ध्रुवसहितको टिमले बनाएको खल्ती यतिबेला भने पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलासँग पनि जोडिएको छ । व्यापार मेलाको डिजिटल पार्टनर रहेको खल्तीले घरमै बसेर मेलाको टिकट काट्ने व्यवस्थामात्र मिलाएको छैन, टिकट काट्नेहरुलाई नगद नै छुट दिने नीति पनि लिएको छ ।
‘तपाईंले आफ्नो मोवाइलमा खल्ती एप्स डाउनलोड गरी एक्टिभ गर्नुभयो र त्यसबाट व्यापार मेलाको टिकट काट्नुुभयो भने लाइन बस्ने झन्भट हुँदैन भने टिकट मूल्यको २५ प्रतिशतदेखि अधिकतम् ५० रुपैयाँसम्म फिर्ता पाउनुहुन्छ,’खल्तीले भनेको छ । टिकट काट्नको लागि खल्ती लगअन गर्ने, राष्ट्रिय औद्योगिक व्यापार मेला ९इन्डष्ट्रियल टेड फेयरमा० गएर वा क्यूआरकोड स्क्यानबाट पनि टिकट काट्न सकिने खल्तीको भनाइ छ ।

पोखराको नयाँबजारमा बिहीबार अर्थात् २०८० मंसिर २१ गतेबाट सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । मेलामा हस्तकलादेखि घरायसी सामान, गाडीदेखि स्कुटर,नुनदेखि लत्ताकपडाको बिक्री तथा प्रदर्शनी गरिएको छ । उद्यमशीलता चाहनेहरुलाई केही बुझ्न र सिक्न अनि समग्र गण्डकीको आर्थिक गतिविधि चलायनमान बनाउन मेला आयोजना गरिएको आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताएका छन् । उनका अनुसार मेलामा सहभागीहरुको मनोरञ्जनको लागि दैनिक लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।