पोखरा २२ (पुम्दीभुम्दी) मा अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियको गुनासो

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १५, मंसिर

पोखरा २२ (पुम्दीभुम्दी) मा सडक पिच बनाउनको लागि अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा २२ को केही सडक सहित पोखराका केही वडाहरुमा समेत पुम्दीभुम्दीमा पकाएको अलकत्रले मानव स्वास्थ्यमा नै असर पर्ने गरी वातावरणमा कालो धुवाको मुस्लोले मानव स्वास्थ्यमा असर परेको भन्दै स्थानियले गुनासो गर्नु भएको हो ।
पोखरा २२ स्थित भुलभुले भन्ने स्थानमा अलकत्र पकाउन दिनुले पोखरा २२ का बासिन्दालाई हाल श्वास प्रश्वासमा समेत असर पर्ने गरी केहीलाई उक्त धुवाको कारण खोकी लागेको एटुजेडलाई गुनासो गर्नु भएको हो ।
यसैबिच, स्थानिय परिवर्तन क्लवले उक्त परियोजना गाँउमा संचालन हुदा सार्वजनिक सुनुवाई र उपभोक्ताको स्वास्थ्यको अध्ययन बिना अलकत्र पकाउदै आएको आरोप लगाएको छ । साथै क्लवका अध्यक्ष कमल बराल सहितको एक टोलीले पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराललाई उक्त परियोजना हटाउन माग गर्दै ध्यानाकर्षण समेत गराउनु भएको छ । साथै उक्त परियोजनाको कारण यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न गएको क्लवले जनाएको छ ।

यस्ता अनैतिक कार्यको अनुमति कस्ले र कुन निकायले दियो भन्दै क्लवले प्रश्न गर्दै स्थानियको स्वास्थ्यलाई मध्यनजर गर्दै सो कार्य तत्काल बन्द गर्न गराउन माग समेत गरेको छ ।

यस बिषयमा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले पिच सडक बनाउने उद्धेश्यले उक्त परियोजना गाँउमा राखिएकोले हाल स्थानियको जनगुनासो आएसंगै उक्त परियोजनाबाट निस्केको धुलो तथा धुवाको उचित व्यबस्थापन गर्नुपर्ने बताउनु भयो । प्राविधिक हिसावले स्थानियले भने अनुसारको उक्त परियोजनाबाट धुलो धुवा अस्वभाविक ढंगबाट आएको खण्डमा वडाले त्यस बिषयमा के गर्ने पछि निर्णय लिने उहाँले बताउनु भयो ।



This will close in 20 seconds