दीननाथ बराल
पोखरा ९, मंसिर
अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीहरुले बर्चोश्व कायम गर्न सफल भएका छन्। शनिबार पोखरामा सम्पन्न भएको दोश्रो अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीको बर्चोश्व कायम गर्न सफल भएका हुन्।
करिब ३ बर्ष पछि पोखरामा आयोजना भएको अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सबै जसो पुरस्कार नेपाली खेलाडीहरुले जित्न सफल भएका छन्। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिता अन्र्तगत समुह तर्फ र एकल तर्फको बिधामा सबै पुरस्कार नेपाली खेलाडीहरुले जित्न सफल भएका हुन् ।
४० को दुरीमा १७ किलोमिटर दौड, २२ किलोमिटर साईक्लिङ र एक किलोमिटर डुंगा रेसमा नेपाली टिम प्रथम भएको हो । नेपाली टोलीमा सहभागि सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएका हुन । उक्त टिमले उपाधि सहित ३ लाख ६० हजार पुरस्कार हात पार्न सफल भएको हो ।
href=”http://atozpatrika.com/wp-content/uploads/2023/11/398259374_2711952072289199_4963697213947563791_n.jpg”>
त्यसै गरी प्रतियोगितामा श्रेवी महर्जन, मुकेश थारु र बसन्त थारुको टिम दोस्रो भयो । नेपालका श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर(नेपाली सेना)को टोली तेस्रो स्थानमा रहे । चिनिया टोली भने चौथो स्थानमा आउन सफल भए । चिनिया टोलीमा जसमा लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ रहेका थिए ।
उक्त प्रतियोगिता अन्र्तगत एकल तर्फको ३८ किलोमिटर दौडमा नेपाली धावक होमलाल श्रीस प्रथम भए । त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए । उनीहरु सबै नेपाली सेनाका धावकहरु हुनु हुन। क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपाली ११ टिम र पाहुना टोली चिनिया ३ टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताका खेलाडी दर्ता विभाग एवं पुरस्कार वितरण संयोजक गोकर्ण कार्कीले बताए । एकल प्रतिस्पर्धामा ३६ जना चिनिया सहित ७६ जनाले सहभागिता जनाए ।
टीम इभेन्टमा दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुने टोलीले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । व्यक्तिगत प्रतिस्पर्धाको विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे ।
अन्तराष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरु लक्षित सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भए । उनीहरुले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गरे । ५ किलोमिटरको दौडमा छात्र तर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमश दोस्रो र तेस्रो हुदा छात्रा तर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो भइन् । दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरुले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गरे । छात्रछात्रा दौडमा भने ४ सय २४ जना सहभागि भएको कार्कीले जनाए ।
त्यरै गरी पोखराको बराहीघाट देखि सुरु भएको दौडमा डेभिडफल्स, फुर्सेखोला, मट्टिखान रिसोर्ट, कुभिण्डे भञ्याङ्ख, उल्लेरि, भुम्दी, ओख्लेडाँडा, लुकुन्स्वाँरा, पुम्दीकोट, शान्ति स्तुपाः गौरी प्रा.वि., फेवाताल पारी लिचिवोट हुदै पुनः बाराही घाटसम्मको दुरी तय गरिएको थियो । उक्त प्रतियोगिता पोखरामा दोश्रो पटक भएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, नेपालका लागि चिनियाँ राजदूत छनसङ्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्तरुपमा रिवान काटेर उद्घाटन गरे ।
उक्त प्रतियोगिताका ग्रामिण भेग व्यबस्थापन समितिका संयोजक अर्जुन पोखरेल गाउँ पर्यटन प्रबद्र्धन गर्नु पर्छ भन्ने मान्यताले गर्दा मट्टिखान देखि पुम्दी भुम्दी क्षेत्रको ग्रामिण भेगलाई उक्त दौडको रुटमा समेटिएको बताए । बाराही घाटमा नेपाल फोटो पत्रकार संघ कास्की र चिनिया एक टोलीले फोटो प्रर्दशनी समेत गरेको संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उल्लेख गर्दै यस प्रतियोगिताले पनि पोखराको खेल पर्यटन प्रबद्र्धन हुने दाबी गरे । उक्त प्रतियोगितालाई निरन्तरता दिनको लागि आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताए । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकार समक्ष उनले आग्रह गरे ।
नेपालका लागि चिनियाँ राजदूत छनसङ्ले पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गरेको जनाए । नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने उहाँको भनाई छ । दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिने बताए । पोखराको लेकसाइड स्थित होटल पौवामा शनिबार एक समारोहका बिच पुरस्कार वितरण गरिएको थियो ।