दीननाथ बराल
पोखरा ९, मंसिर
हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुंगा सयर गर्नेहरुको भिडभाड बढेको छ । बिभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक सहित विदेशी पर्यटकहरुको सङख्या समेत पोखरामा बढेकोले फेवातालमा डुंगा सयर गर्नेहरुको सख्यामा बृद्धि भएको डुंगा व्यवसायीहरुले एटुजेडलाई बताउनु हुन्छ ।
पोखराको पर्यटकीय स्थल फेवातालमा हिजो आज दैनिक जसो ३ हजार जना भन्दा बढीले डुंगा सयर गर्ने गरेको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार दशैं पर्व देखि पोखरामा आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएसंगै डुंगा सयर गर्ने र तालवराही मन्दिर दर्शन गर्नेहरुको भिडभाड बढेको बताउनु भयो । शनिबार मात्र पोखराको बाराही घाँटमा मात्र करिब ५ हजार जनाले डुंगा सयर गर्ने भएको डुंगा व्यवसायी मनिराम परियारले दाबी गर्नु भयो । उहाँका अनुसार बिहान देखि बाराही घाटमा डुंगा सयर गर्ने र तालवराही मन्दिर दर्शन गर्नेहरुको निकै भिडभाड भएको छ ।
पोखराको बाराहीघाट देखि तालबराही मन्दिरमा दर्शन गर्न व्यवसायीहरुले लाइफ ज्याकेटको १० रुपैया शुल्क सहित ७० रुपैया लिने गर्नु भएको छ । दाङको हंंस बाहिनी ७ चण्डीनगरपुरबाट शैक्षिक भ्रमणमा आउनु भएको शिक्षक विराट न्यौपाने सहितको टिम समेत डुंगा सयर गर्नु भएको थियो । content/uploads/2023/11/398450019_886617056019363_8367685242844966082_n.jpg”>
मंसिर ६ देखि १२ गतेसम्मको शैक्षिक भ्रमणमा निस्केको टोलीले मनकामना मन्दिर दर्शन पछि पोखराको फेवाताल सहितको पोखराको बिशाल महादेवको मुर्ति लगायतको पर्यटकीय गन्तव्य अवलोकन गर्ने भएको शिक्षक न्यौपानेले एटुजेडलाई बताउनु भयो । फेवाताल क्षेत्रमा थस सरसफाई गर्न उहाँले आग्रह गर्नु भएको छ । न्यौपाने जस्ता धेरै संख्यामा हाल पोखरा क्षेत्रमा शैक्षिक भ्रमणमा आउने गर्नु भएको छ ।