पोखरा २ मंसिर ।
पोखरामा हाते ट्क्याक्टरले किच्दा एक जनाको निधन भएको छ। पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट स्थित लौरुक निवासी टेकबहादुर बिकको हाते ट्क्याक्टरले किच्दा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार, गएको कार्तिक २५ गते दिउसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै देब्रे खुट्टा च्यापिएको थियो। उनलाई तत्काल उद्धार गरेर उपचारका लागि साविक पश्मिाञ्चल क्षेत्रीय अस्पताल र हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो।
अचेत अवस्थामा उपचारका लागि अस्पताल पुर्याइएका बिकको शरीरको रगत सञ्चालनमा समस्या देखिएपछि डाक्टरहरुले अपरेशन गर्नु पर्ने सल्लाह दिएका थिए। डाक्टरहरुको सल्लह बमोजिम देब्रे खुट्टाको घुंडाभन्दा तल्लो भाग काटेर उपचार हुँदै आएकोमा कार्तिक २८ गते साँझ छ बजे उनको निधन भएको प्राप्त समाचारमा जनाइएको छ।