कार्तीक ३०, पोखरा
नेवाःल्यामपुचकास्कीले आयोजना गरेको रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता आजवाट सुरु भएको छ । तीनदिन सम्म संचालनहुने फाईभ ए साईड प्रतियोगिताको यो सातौं सस्करण हो । कास्कीजिल्लाभित्रका नेवारी समुदायकायूवाहरुमाएकताल्याउनविगत सात वर्ष देखियो प्रतियोगिता संचालनगरिएको थियो ।
सातौ संस्करणको प्रतियोगिता रामकृष्ण टोल ल्यामपुचकास्कीको व्यवस्थापनामा रामकृष्ण टोल स्थित वि फिट फुटसल ग्राउण्डमा सुरु भएको छ ।
कार्यक्रमको उद्धाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले खेलकुदको विकासकालागि वडाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे । उनले समुदाय स्तरववाटै हुने यस्ता खालकाप्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमाभूमिका खेल्ने धारणा व्यक्त गरे ।
यस्तै उद्घाटन समारोहमानेवाखलकास्कीकाअध्यक्षअशोक पालिखेले नेवारी समुदायभित्रआपसी सम्वन्ध वढाउनका लागिपनि खेलकुलप्रतियोगिताआवस्यकता रहेको धारणा राखे । उनले नेवारी समुदायको संस्कृतीवचाउन यस्ता खालकाप्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने पनिधारणा राखे ।
कार्यक्रममावोल्दैपोखरा उद्योग वाणिज्य संघका अध्यक्षपवनप्रजापतीले संस्थाहरुको सामाजिकउत्तरदायीत्व स्वरुप यस्ता खालका कृयाकलापआवस्यक रहेको वताए । उनले यूवाशक्तिलाई देशभित्र वस्ने वातावरण वनाउनयूवा मैत्री कृयाकलापको ठुलो भूमिका रहने पनिजानकारी दिए । कास्कीजिल्लाभित्रका १६ वटा नेवारी समुदायका टिमको सहभागिता रहेको प्रतियोगितामंसिर २ गते सकिने छ ।