पोखरामा भिन्तुना ¥याली (फिचर फोटो)

-


     पोखरा क्लिक     
     कार्तिक २८ गते २०८० मा प्रकाशित


पोखरा २८, कार्तिक

मैलिक नेपाल संवत ११४४ को अवसरमा पोखरामा ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेवाखलःकास्कीले मौलिकतथा राष्ट्रिय संवतलाई विशेष रूपमा मनाउने गरी भिन्तुना ¥याली आयोजना गरेको हो ।

नेवा छेः माभएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पुजा गरेर मनाउने यो पर्व (नयाँवर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सवैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्रहाम्रो मौलिकता झल्कने धारणा राखिन् ।

कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र प्रचलित नेपाल संवतलाई राज्यले अपहेलना गरेको गुनासो गरे । उनले संसारका कुनै पनि मुलुकमा आफ्नो राष्ट्रका नाममा संवत नभएको तर नेपालमा भएकोले यसलाई कामकाजी संवतका रुपमा ल्याउन आवस्यक रहेको वताए । नेवारी समुदायका शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुवात भएको हो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभुतीका रुपमा मान्यता दिएको बताइन्छ ।

आजैका दिन वेलुका म्हःशरिरको पूजा गर्ने प्रचलन रहेको छ । नेपाल संवतकै अवसरमा बिहान पोखरा स्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूतिशंखधर शाख्वाको प्रतिमामा माल्यारोर्पण गरिएको थियो । कास्कीमा रहेका विभिन्न नेवाखलः, नेवा ल्याम्हपुचः, नेवाकचाँ, नेवा मिसा पुचःनेवा पत्रकार पुच लगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना ¥याली सहित नेव छेः कास्कीको हलमाआएर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

पृथ्वीचोकबाट सुरु भएको उक्त ¥यालीनयाँबजार, महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टिहुँदै नेवा छेँ कै भवनमापुगेर समापनभएको थियो । ¥यालीमा सहभागीहुने समूहहरूले जातीय सांस्कृतिक पोसाक सहितको उपस्थित थियो । तष्विर दीननाथ बराल



This will close in 20 seconds