पोखरामा फूलको व्यापार मन्द, पोखरामा सय पत्री फूल प्रति माला एक सय देखि दुई सय सम्म पर्ने (फिचरफोटो)

-


     पोखरा क्लिक     
     कार्तिक २७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा, २७ कात्तिक

फूलै फूलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा पोखरामा यस पाली सयपत्री फूलको व्यपार मन्द रुपमा भएको छ । यसपाली सिजनमै फूल फूलेको र व्यवसायीक रुपमा धेरैले स्थानिय रुपमा फूलको खेती गरेकोले गर्दा माग समेत कम भएकोले कम व्यापार भएको व्यवसायीहरुले बताउनु भयो ।


पोखरा क्षेत्रका विभिन्न व्यापारीक पसल देखि विभिन्न चोकहरुमा समेत फूलको व्यपार भएको थियो भने अघिल्ला बर्षको तुलनामा यस बर्ष केही कम मात्रामा चोकहरुमा फूलको बिक्रि भएको छ भने एकै स्थानमा हार्ट बजार मेलाको रुपमा आयोजना भएको छ ।

कुनै समय फूलको माग अध्याधिक हुदा प्रति माला ५ सय भन्दा बढी समेत पर्ने गरेको पोखरामा यस बर्ष भने करिब १ सय देखि २ सय रुपैयामा ठूलो देखि मध्यम हुदै सानो माला उक्त मुल्यमा बिक्रि भएको व्यवसायीहरुले बताउनु भएको छ ।

स्थानिय उत्पादनको प्रबद्र्धन गर्न पोखरामा पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा.ली.को साझेदारीमा हाटबजार सञ्चालन भएसंगै स्थानिय उत्पादन भएको फूलको बिक्रि वितरण हुदै छ । उक्त मेलाले आम उपभोक्ता र किसान बिच प्रत्यक्ष भेटघाट हुने हुदा बिचौलियाले खासै नाफा खान नपाउने भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो ।

उक्त मेलामा करिब एक सय वटा सत्रपत्री फूल सहितको स्थासनय उत्पादनका कृषि उपजका सामानहरुको स्टलहरु रहेको श्री कम्प्लेक्स प्रा.ली.का अध्यक्ष झलकलाल श्रेष्ठले बताउनु भयो । पोखराको इतिहासमै पहिलो पटक फूलको व्यपार एकै ठाँउमा भएकोले गर्दा आम उपभोक्ता यसबाट प्रत्यक्ष लाभ लिन सक्ने भएको उहाँले दाबी गर्नु भयो । पुष्प व्यवसायी देखि बिद्यार्थी, शिक्षक लगायतले फूल खेती गर्नु भएको छ ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताउनुभयो । भोलि (मंगलबार) सम्म सयपत्री फुल मेला–२०८० हुने भएको हो ।

पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ, कडरियाले भन्नुभयो, यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५, १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु.४ र ५ देखी १० ग्रामको रु.२ तोकिएको छ । यस्तै मालाको क्रमशः रु.२००, १८० र १५० तोकिएको छ भने, प्रतिकेजी रु.४०० रुपैयाँ सयपत्री फुलको मूल्य निर्धारण गरिएको छ ।