विश्व शान्ति स्तूपमा बार्षिक पूजा सम्पन्न

-


     पोखरा क्लिक     
     कार्तिक २४ गते २०८० मा प्रकाशित


पोखरा २४, कार्तिक

पोखरा २२ अनदुमा रहेको विश्व शान्ति स्तूपमा शुक्रबार २४ औं बार्षिकोत्सवको अवसरमा बार्षिक पूजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विश्व शान्ति स्तूप समिति पोखरा–२२ को संयोजनमा भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले एटुजेडलाई बताउनु भयो ।

विधि पूर्वक भगवान गौतम बुद्धको पूजा सहित शान्ति स्तुपमा पूजा आराधना गरिएको उहाँले जनाउनु भयो । शुक्रबार स्तुपमा आन्तरिक तथा बाह्यि पर्यटक तथा दर्शनार्थीहरुको निकै भिड लागेको समितिले जनाएको छ । समितिले हरेक बर्ष बर्षको दुई पटक औपचारिक रुपमा विधि पूर्वक यसरी बार्षिक पूजा गर्दै आएको छ ।