दीननाथ बराल
पोखरा २२, कार्तिक
पोखरामा फूलको मुल्य निर्धारणले आम उपभोक्ता र किसानलाई सहज हुने भएको छ । यसअघि फूलको मुल्य निर्धारण नहुदा बजारमा मनापोली हुने जसले गर्दा आम उपभोक्ता र किसानलाई मर्का पर्ने गरे पनि यस बर्ष भने त्यसको अन्त्य हुने भएको छ ।
किसनाहरुले स्थानिय रुपमा उत्पादन भएको फूलको मुल्य कम पर्ने भएको जनगुनासो आएकोले यस बर्ष पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले फूलको मुल्य निर्धारण गरेको पोखराका महाशाखा प्रमुख मनोहर कडरियाले एटुजेडलाई बताउनु भयो । यसले गर्दा मुल्यमा खासै उतारचढाव नहुने उहाँको भनाई थियो ।
नेपालीहरुको अर्को चार्ड शुभ दीपावलीको अवसरमा पोखरामा स्थानिय फूलको प्रबद्र्धन गर्न फूलको मुल्य निर्धारण गरे अनुसार प्रति थुंगा सयपत्री फूलको ५ रुपैया वा माला खरिद गरेको खडमा दुई सय रुपैया पर्ने भएको उहाँले जनाउनु भयो । १५ देखि २० ग्राम तौल भएको सयपत्री फूलको प्रति थुंगा ५ वा प्रति माला २ सय, १० देखि १५ ग्राम तौल भएको प्रति थुंगा ४ र जसको माला १ सय ८० र १५ देखि १० ग्रामको सयपत्री फूलको प्रति थुंगालाई २ जसको मालालाई १ सय ५० मा बिक्रि गर्न मानगरले आम किसानाहरुलाई सूचना जारी गरेको हो । यदि कसैले सयपत्री फूल प्रति केजीमा खरिद गर्न चाहेमा ४ सयमा बिक्रि गर्न सकिने भएको महाशाखा प्रमुख कडरियाले बताउनु भयो ।
पोखरा महानगरपालिका भित्र सयपत्री फुल आयातमा प्रतिबन्ध लगाइएकाले सो कार्य नगर्न÷नगराउन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ भने बजारमा प्लास्टिकका फूलमालाहरु बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको महानगरले चेतावनी दिएको छ ।