भाइटीकाको उत्तम साइत १०ः५१ बजे

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८० मा प्रकाशित


पोखरा २० कार्तिक ।
यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०स्५१ बजे परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म टीका लगाउने चलनसमेत छ ।