सागर सुनार
पोखरा, १२ कात्तिक
पोखरामा रगत अभाव भएको छ । विरामीको शल्यकृया र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा केन्द्र कार्यालयका प्रमुख अर्जुन ज्ञवालीले बताए ।
उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान ७ः३० बजे देखि रक्तदान कार्यक्रम आयोजना गर्ने गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए । उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए ।
रगतको विकल्पमा रगत नै भएकोले १८ बर्ष उमेर पुगेका ४५ केती तौल भएका युवाहरुलाई रक्तदान कार्यक्रममा सहभागि हुन न्ेपाल रेडक्रस सोसाइटी कास्कीका रंक्त संचार बिभाग प्रमुख धर्मराज अधिकारीले बताए ।