एनआरएनएको सहकार्यमा पोखरालाई आईटि सिटि बनाउने डा.महाविर पुनको अभियानमा सहयोग गछौंः उपाध्यक्ष शेरचन

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ९, कार्तिक

गैर आवासिय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरालाई आईटि सिटि(शहर) बनाउने डा. महाविर पुनको अभियानमा सहयोग गर्ने बताउनु भएको छ । उपाध्यक्ष शेरचन बुधबार पोखरामा केही उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसंगको भेटघाट गर्न पोखरा आएको सन्दर्भमा हाम्रा संवाददाता दीननाथ बरालसंगको छोटो कुराकानीमा उक्त कुरा खुलसा गर्नु भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका डा.पुनको पोखरालाई आईटि सिटि बनाउने अभियानमा एनआरएनएको साथ र सहयोग रहने दाबी गर्दै उपाध्यक्ष शेरचनले उहाँसंगको सहकार्यमा पोखरालाई आईटि सिटि बनाउन आफुहरु कटिवद्ध भएको विश्वास दिलाउनु भयो । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजना मार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर जस्तो व्यक्तिको सपनामा काम गर्न पाउनु आफुहरुको लागि खुसिको कुरा भएको उहाँको भनाई थियो ।

विदेश जाने युवा बर्गलाई न्यूनिकरण गर्न रोजगारको अवसर दिनु पर्ने उहाँको भनाई छ । विदेश पलायन भए पनि विदेशमा सिकेका कुराहरु बौद्धिक व्यक्तिलाई एनआरएनएको घेरा भित्र ल्यायर केही काम नेपालमा गराउने योजनामा आफुहरु रहेको उपाध्यक्ष शेरचनले जनाउनु भयो । नेपाल बाहिर करिब ८० लाख नेपालीहरु गैर आवासियको रुपमा रहेको उल्लेख गर्दै उपाध्यक्ष शेरचनले विदेशमा सिकेको सिप र कलालाई अब नेपालमा परिचालन गर्न सके विदेशीने नेपाली युवा शक्तिलाई केही हदसम्म यही रोक्न सकिने उहाँको तर्क थियो । जापानमा करिब ३५ बर्ष बसेर सिकेको सिप सहितको काम र अन्य व्यक्तिहरुको सकरात्मक सुझावलाई आत्मसात गर्दै अघि बढ्ने उपाध्यक्ष शेरचनको भनाई छ ।

नेपालको आर्थिक विकास र समृद्धिको लागि केही न केही गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । डा.पुनले भने पोखरालाई आईटि सिटिको दृर्घकालिन बृहत योजना रहेको बताउदै आउनु भएको छ । उहाँले आफ्नो अभियान धेरै ठुलो भएकोले यसमा यो त्यो भन्दा धेरै संघ संस्थाहरुसंग सहकार्य गरी विश्वकै उत्कृष्ट आईटि सिटिको रुपमा विकास गरी लाखौं युवालाई रोजगार सृजना गर्ने लक्ष्य रहेको बताउनु भयो ।

पुनारो घर मुस्ताङ भई हाल जापान बसोबास गर्देै आउनु भएको मंगलबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमै पोखरेलीहरुकोे एक टोलीले उपाध्यक्ष शेरचनलाई स्वागत गर्नु भएको थियो । गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङको नेतृत्वमा संस्कृतिकर्मी कृष्णकुमार गुरुङ, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, होटल व्यवसायी किसन गुरुङ, पोखराका निर्माण व्यवसायी टंक बराल, अनुप जोन, डडुवा दुर्छ आमा समुह लगायतले उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत गर्नु भएको थियो । सांसद गुरुङले आफ्नो क्षेत्रको व्यक्ति एनआरएनएको उपाध्यक्ष जस्तो पदमा निर्वाचित भएकोमा खुसि व्यक्त गर्दै खादा सहित फेटा लगायर उपाध्यक्ष शेयरचनलाई स्वागत गर्नु भएको हो । देशमा युवा शक्ति विदेश पलायन हुदै गरेको अबस्थामा अब एनआरएनएको नवनिर्वाचित टिमले नेपालमा विदेशी लगानी भित्राउदै लाखौं युवालाई रोजगार सृजना गर्ने गरी काम गर्न सांसद गुरुङले आग्रह गर्नु भयो ।

यसपालीको निर्वाचन अनलाईन सिस्टम मार्फत फरक ढंगले भएको उल्लेख गर्दै उपाध्यक्ष शेरचनले एकजना उपाध्यक्षको मतपरिणाममा केही समस्या भएको बताउनु भयो । केही सहकर्मीसाथीहरुले त्यसलाई आधार मानेर धाधली भएको आरोप लगाउने गरेको उहाँको भनाई थियो । आफ्नो हकमा धेरै दिनको मेहनतले उपाध्यक्षमा दोश्रो धेरै मत ल्याउने उपाध्यक्षमा निर्वाचित हुन सफल भएको दाबी गर्दै उहाँले निर्वाचनलाई स्विकार्य नसकेर अर्को प्यारालाल समिति बनाउनु यसले एनआरएनए माथि नै विश्वासको खडेरी हुन सक्ने दाबी गर्नु भयो ।