खेलकुद पत्रकार मञ्च गण्डकीले ग¥यो पूर्व अध्यक्ष घलेलाई स्वागत, पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न सहयोग गर्छुःःघले

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८० मा प्रकाशित


कार्तिक ९, पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेलार्ई विहिबार स्वागत गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष समेत रहेका घलेलाई पोखरा आएको अवसरमा मञ्च गण्डकीले पोखरा रंगशालाको मिडिया सेन्टरमा स्वागत गरेको हो । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले पूर्व अध्यक्ष घलेलाई खादा सहित मायाको चिनो उपहार दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गर्दै अझ उत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिनु भयो । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए । मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचन उनले दिए । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने।

खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाव दिए । पोखरा ूपोट्र्स अवार्ड गर्न आर्थिक रुपमा यस बर्र्ष झन कठिन हुने भएकोले स्वदेश तथा विदेशबाट सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । पूर्व अध्यक्ष घलेले भने झै खेल पत्रकारको क्षमता अभिबृद्धि गर्न अध्ययन भ्रमण गराउने लक्ष्य रहेको उनले जनाए ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराए ।

यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।

 



This will close in 20 seconds