भारत हरिद्धारको धार्मिक पर्यटकको जम्बो टिम विशाल महादेव मूर्ति अवलोकन गर्न (फिचर फोटो)

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ८, कार्तिक

केही समय अघि भारतबाट एकै समूहमा ६ सय बढीको धार्मिक पर्यटकको आगमन भएको अवस्थामा पुनः १ सय ५० जनाको अर्को धार्मिक पर्यटकको टिम आगमन भएको छ । पछिल्लो समयमा पोखरामा भारतबाट धार्मिक पर्यटकहरु समूह-समूहमा आउने क्रम जारी छ ।   

यसैक्रमा भारतको हरिद्धारबाट १ सय ५० जनाको एक जम्बो टोली पोखरा २२ को पुम्दीभुम्दीस्थित पुम्दीकोट बिशाल महादेवको मुर्तिको अवलोकन गर्नु भएको छ । पाँच दिने नेपालको धार्मिक सहित पर्यटकीय स्थलको अवलोकन गर्न निस्केको उक्त टोली बुधबार पोखराको बिशाल महादेवको मुर्ति अवलोकन सहित दर्शन गरेको टोलीमा सहभागि आर्दश स्वामीले बताउनु भयो ।

यस बर्षको बडा दशैं नेपालमै सामुहिक रुपमा मनाइएको बताउदै उहाँले आज बिशाल महादेवको मुर्ति, गुप्तेश्वर गुफा सहितका क्षेत्रको अवलोकन गरी भगवान गौतम बुद्धको जन्मथलो अवलोकन गर्ने उल्लेख गर्नु भयो । अध्यात्मिक धर्ममा समर्पित स्वामीहरुले भगवानको पावन भूमिको रुपमा नेपाललाई स्मरण गर्दै ५ दिन नेपाल भ्रमाणको क्रममा नेपालका धेरै धार्मिक शक्ति पिठहरुको अवलोकन गरेको आर्दश स्वामीले बताउनु भयो । मौसम खुलेसंगै माछापुच्छ«े हिमश्रृखला खुलेकोले पतन्जली योगका साधकहरुको उक्त टोलीले तष्विर लिदै उक्त दृष्यले निकै मोहित भएको थियो ।

पुम्दीकोटमा पछिल्लो समयमा पोखरा आएका आन्तरिक तथा बाह्यि अधिकांश पर्यटकहरु पुग्ने गरेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । उहाँका अनुसार हाल दैनिक जसो २ हजार जना जसो पर्यटकहरु बिशाल महादेवको मुर्तिमा अवलोकन सहित दर्शन गर्न पुग्ने भएका छन् । गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री राम्जी प्रसाद बराल जीवनको पहलमा हाल पोखराको मुख्यबजार तथा वडा कार्यालयबाट बिशाल महादेवको मुर्ति परिसरसम्म पिच सडक भएकोले हाल धेरै पर्यटकहरुको आगमन भएको समितिले जनाएको छ ।