प्रधानमन्त्री प्रचण्डद्धारा एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई ज्ञापन

-


     पोखरा क्लिक     
     कार्तिक ७ गते २०८० मा प्रकाशित


पोखरा ७, कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ले एसिसी यु–१९ प्रिमियर कपका विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनप्रति सामाजिक संजाल मार्फत धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको उल्लेख गर्नुभएको हो।

मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो । आज (मंगलबार) टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १ सय ९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी हो । दशैं पर्वको दिनमा नेपालको उक्त जितले नेपालीहरुमा थप शुसिको दिन आएको खेलकुदकर्मीले बताउनु भएको छ ।