दशैंको दीनमा पोखराका सडक पेटिमा रहेका तथा मजदुरलाई खानाको व्यबस्था गर्दै युवा व्यवसायी खतिवडा

-


     पोखरा क्लिक     
     कार्तिक ७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ७, कार्तिक

नेपालीहरुको महान पर्व बडा दशैंको दिन (मंगलबार) प्रायः अधिकांश व्यक्तिहरु आफ्ना आफन्तहरु कहाँ पुग्ने भेटघाट गर्दै मान्यजनहरुबाट टिका जमराको साथमा आर्शिरबाद थाप्न भ्याई नभ्याई भएको अबस्थामा पोखराका एक युवा व्यवसायी भने फरक ढंगले दशैं मनाउनु भएको छ । दशैंको टिकाको दिन सुरुमा आफ्नो घर परिवारमा टिका लगाए लगत्तै पोखराका सडक भेटिमा रहेका तथा दशैंमा एक छाक मिठो खान समेत समस्यामा परेका मजदुरहरुलाई एक छाक खाना खुवाउदै दशैं मनाउनु भएको हो पोखराका एक युवा व्यवसायी युवराज खतिवडाले ।

विगतलाई स्मरण गर्दै धादिङ घर भई हाल पोखरा–५, धारापानी निवासी युवा व्यवसायी खतिवडाले आफ्नी छोरी यूनिसा खतिवडाको जन्म दीनको अवसरमा दशैं पर्वको मुख्य दिनमा एक छाक पनि मिठो खान समस्या भएका पोखराको सडक पेटिमा रहेका तथा केही मजदुरहरुको लागि दशैं खानाको व्यबस्था गरेको खतिवडाले एटुजेडलाई बताउनु भयो ।

आफु कुनै समयमा मजदुरी गर्दै गर्दा घर जाने र खर्चको अभावले पोखरामै बस्नु परेको जुन वेलामा सबैले मासु भात सहितको मिठो खाने कुरा अभाव भएको अबस्था हालका सडक पेटिमा रहेका तथा केही मजदुरी गर्नेहरुलाई समेत त्यस्तै समस्या हुने आधारमा आफुले सकेको मंगलबार करिब १ सय जनालाई खानाको व्यबस्था गरेको खतिवडाले बताउनु भयो । आर्थिक मन्दिले गर्दा आफुहरु घर जान र मिठो खाना खान पनि समस्या भएको अबस्थामा दशैं खाना सडक पेटिमै प्राप्त गर्दा आफुहरुलाई निकै खुसि लागेको मजदुरहरुले बताउनु भयो ।

विन्ध्यवासिनी मन्दिर परिसरको सडक पेटिमा रहेका सहयोगापेक्षीहरुलाई समेत खतिवडाले खानाको व्यबस्था गर्नु भएको थियो ।
यु.के.कन्ट्रक्सन एण्ड सप्लार्यस् प्रा.लि., फेवा एग्रिकल्चर प्रा.लि., पोखरा सस्तो बजारका संचालक युवा व्यवसायी खतिवडाले दशैं टिकाको दिन अन्य व्यक्तिहरु आफ्नो घर परिवार र आफन्तजनहरुको घरमा टिका जमरा लगाउन भ्याई नभ्याई भएको अबस्थामा उहाँको समय भने फरक ढंगले वितेको थियो ।

कुखुरा तथा खसिको मासु सहित दाल, भात तरकारी सहितको खाना उहाँले आफ्नो परिवारको साथमा पोखराका सडक पेटिमा भेटिएका तथा दशैं पर्व राम्रोसंग मिठो मसिनो खान समस्या भएकाहरुलाई तयारी खाना उपलब्ध गराउनु भएको थियो । केही समय पहिला खतिवडाले घडि बिक्रि गर्र्दै हिडेको समेत स्मरा गर्दै बाटोबाटोमा विभिन्न सामान बिक्रि गर्र्दै हिड्नेहरुलाई समेत खाना खुवाउनु भएको हो ।
युवा व्यवसायी खतिवडाले विशेष गरेर आफ्ना मजदुरहरु, धादिङ घर भई विभिन्न मजदुरीको लागि पोखरा बसोबास गर्दै आएका मानिसहरुको लागि र अत्यन्तै समस्यामा परेकाहरु लागि उहाँले यस अघिका दशैं पर्व तथा कोरोनाको समयमा समेत खाना तथा राहत वितरण गर्दै आउनु भएको छ ।