दिननाथ बराल
पोखरा ६, कार्तिक
सायद सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दन । दशै टिकाको अघिल्लो दिन सोमबार पोखरामा बिहानसम्म ५० हजारमा बिक्रि भएका भेंडा च्यांग्रा जस बेलुका हुन थाल्यो तव १६ हजारसम्ममा भेंडा च्यांग्रा बिक्रि हुन थालेको छ ।
मुस्ताङ, डोल्पा, बजाङ लगायतका क्षेत्रबाट पोखरामा बिक्रिको लागि ल्याएका भेंडा च्यांग्रा अघिल्ला बर्षको तुलनामा यस बर्ष निकै कम खपत भए पछि व्यवसायीहरु वाक्क भएर निकै सहुलियत दरमा बिक्रि गर्न थालेको व्यवसायीहरुले एटुजेडलाई बताउनु भयो । किन घाटा खायर भेंडा च्यांग्रा धेरै सहुलियतमा बिक्रि गर्नु भएको त भन्ने हाम्रो जिज्ञासामा भेंडा च्यांग्रा व्यवसायी हरि तामाङले केही व्यवसायीले सहुलियतमा बिक्रि गर्न थाले पछि आफुहरु पनि बिक्रि गर्न बाध्य भएको प्रतिकृया दिनु भयो ।
उहाँले सोमबार बिहानसम्म करिब २१ हजार देखि ३८ हजारसम्ममा बिक्रि गर्नु भएका व्यवसायीहरुले सोमबार दिउँसो देखि न्यूनतम १६ हजार देखि ३४ हजारसम्ममा भेंडा च्यांग्रा बिक्रि गर्न लाग्नु भएको हो । डोल्पाबाट करिब एक महिना लागेर करिब ५ सय भेंडा च्यांग बिक्रिको लागि पोखरा ल्याउनु भएको युद्ध बस्नेतको टिमले हाल १६ हजार देखि १९ हजारसम्ममा भेंडा च्यांग बिक्रि गर्दै हुनुहुन्छ ।
आफुहरुसंग छनौटमा रहेका केही भेंडा च्यांग मात्र बाँकी रहेकोले दशैंको टिकाको अघिल्लै दिनमा बिक्रि गरी सक्ने उद्धेश्यले घाटा खाइर भए पनि बिक्रि गर्न थालेको उहाँले बताउनु भयो ।