पोखरा २२ को भुम्दीकोटमा महानवमी मेला

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ६, कार्तिक

पोखरा २२ (पुम्दी भुम्दी) को भुम्दीकोटमा आज मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक एंव पर्यटकीय तिर्थस्थल भुम्दीकोटमा नवदुर्गा बिषेश पुजा सहितको मेला सुरु भएको हो ।

बडा दशै पर्वको अवसरमा आज महानवमी पर्वको अवसरमा बिषेश पूजा सहितको वलि समेत दिने कार्यक्रम रहेको स्थानिय दुर्गा प्रसाद बरालले बताउनु भयो । ऐतिहासिक धार्मिक एंव पर्यटकीय तिर्थस्थल भुम्दीकोट प्रचार प्रसारको कमीले छायामा परेको मन्दिरका पुजारी रुद्रनाथ पौडेलले गुनासो गर्नु भयो । बडा दशै र चैते दशै पर्वको अवसरमा बिषेश पूजा आज सहितको मेला लाग्ने उक्त स्थान पुम्दी भुम्दीकै बिषेश महत्वपूणस्थल भएको उहाँले दाबी गर्नु भयो ।

समुद्रि सतह देखि करिब १ हजार ६ सयको उचाईमा रहेको उक्त भुम्दीकोटमा देविको मुर्ति समेत स्थापना भएकोले आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक विश्वासका साथ स्थानिय विभिन्न जातजातिहरुले सामुहिक श्रपमा पूजा आजा सहित वलि दिने प्रचलन परम्परादेखि चन्दै आएको पुजारी पौडेलले बताउनु भयो । दशैंको अवसरमा बिषेश पूजा जारी रहेको मन्दिरमा हिजो वोकाको वलि दिइएको छ भने आज कालरात्रिको अवसरमा रागाको समेत वलि दिने भएको छ । कास्कीको राखिडाँडाबाट आएका पौडेल बन्धुहरुले उक्त देविको भन्दिर स्थापना गरेको उहाँको भनाई छ । स्थानियले उक्त मन्दिर जाने बाटो देखि मन्दिर क्षेत्रमा सरसफाई समेत गर्नु भएको छ ।

महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरि दुर्गादेविको शक्ति पिठहरुमा बिषेश पूजा आज हुदै छ ।



This will close in 20 seconds