पोखरा २, कार्तिक
पोखरा महानगरपालिका वडा नम्बर २५ (हेमजा) वडा कार्यालयले दशै पर्वको अवसरमा अति बिपन्न परिवारलाइ आवश्यक साहायता गर्ने भएको छ। बुधबार पोखरा २५ हेमजा तिब्रेकोट कृषि सहकारी संस्थाको साधारण सभामा बोल्दै अध्यक्ष तिम्सिनाले पोखरा महानगरपालिका वडा नं। २५ हेमजा भित्रका अति बिपन्न नागरिकको दशैंमा चुलो नै बाल्न नसक्ने अवस्था भएमा आवश्यक साहायता गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
उक्त अवसरमा तिम्सिनाले सहकारी तथा बित्तीय संस्थाहरुले पनि समुदायप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नु भयो । बिशेष गरि आर्थिक रुपमा अति बिपन्न, पछाडी परेका बर्ग र अनाथ अपागंता भएकाहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने वडा कार्यालयले लक्ष्य राखेको छ ।