पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र नयाँ नोट सटही हुने

-


     पोखरा क्लिक     
     कार्तिक २ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २, कार्तिक

दशैं पर्वको अवसरमा सुरु भएको नयाँ नोट सटही पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र हुने भएको छ । गत सोमबार देखि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेकोले दशैं पर्व लक्षित शुक्रबार मध्यान्हः १२ः३० बजेसम्म मात्र गर्ने भएको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताए । 

पोखरामा हालसम्म आम सर्वसाधारणलाई १९ करोड ३० लाखको नयाँ नोट सटही गरिएको छ । उनका अनुसार विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही भएको छ भने हालसम्म उक्त रकम सटही भएको हो । यस बर्षको दशैं पर्व लक्षित हुने गरी सोमबार देखि सानो नोट १८ हजार ५ सय रुपैयासम्मको एक बण्डल सटही गरेकोे उपनिर्देशक शुर्खालीले उल्लेख गरे । राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेसंगै सटही गर्नेहरुको हरेक दिन बिहानै देखि भिडभाड भएकोे थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रति व्यक्ति १८ हजार ५० सयको नयाँ नोट सटही गर्न पोखराको कार्यालयबाट सुरु गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताइन्। आम सर्वसाधारणको लागि भने गत बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक बण्डल सटहीको व्यबस्था गरिएको उनले जनाइन्।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी प्रदेशका बैंक तथा विक्तिय संघ संस्थाहरुलाई पहिलो चरणमा ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैंक पोखरा कार्यालयलका उप—निर्देशक सम्झना ढकालले एटुजेडलाई बताइन् ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैया बैंक तथा विक्तिय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो । यस बर्ष आफुहरुसंग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गर्दै गरेकोे उप—निर्देशक ढकालले जनाइन् । यस बर्ष सायद आर्थिक मन्दीले गर्दा ५ रुपैयाको नोटको माग अध्याधिक भएको राष्ट्र बैंकले जनाएको छ ।