फेवा सहकारि सस्थाको साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     कार्तिक २ गते २०८० मा प्रकाशित


पोखरा, २ कार्तिक

फेवा बचत तथा ऋण सहकारी संस्थाको २४ औ साधारण सभा एवं ८ औ अधिवेशन पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। का संचालक चण्डी प्रसाद शर्मा पौडेलले कार्यक्रमको उद्घाटन गर्नुहुँदै फेवा बचत तथा ऋण सहकारी संस्थाको २४ औ साधारण सभाको सफलताको शुभकामनाका साथ सम्मानित सबैलाई बधाई दिनु भयो ।

बर्तमान अबस्थामा सहकारी क्षेत्रको बारेमा प्रकाश पार्नुहुदै फेवा सहकारी नेपाल कै सबैभन्दा बृद्ध जेष्ठअध्यक्षको नेतृत्वमा संचालित भएको एक नम्बर मा रहेको नमुना सहकारी भएको प्रगतीलाई ईङ्कीत गर्दै उत्कृष्ट रहेको र अझै ब्यबस्स्थित रूपमा सहकारी संचालनका लागी निती नियम लगायत महिला सदस्यहरूको अहम भूमिका रहनु पर्ने वताउनु भयो ।

२ हजार ५ सय ६६ जना साधारण शेयर सदस्य रहेको साधारण सभामा करिब १४ सय जनाको सहभागीता रहेको उक्त सभामा सस्थामा नियमित कारोबार गरी सस्थालाई उल्लेखनीय योगदान पु¥याउनु हुने शेयर सदस्यहरूमा चन्द्र माया गुरुङ्ग, गोकुल गुरुङ्ग, चक्रपाणी आचार्य, हरि बहादुर थापा, कृष्ण प्रसाद दाहाल, आश बहादुर सुनार,सुनील थापा, दिननाथ दवाडि र बिर बहादुर तामाङ लगायत कर्मचारी कोपिला लामिछानेलाई टिका दोसल्ला मायाको चिनो र सम्मान पत्र द्वारा प्रमुख अतिथि ले सम्मान गरेएका थिए ।

उक्त २४औ साधारण सभा तथा ८औ अधिवेशनले ३ बर्षे कार्यकालको लागी निर्वाचन समितिका संयोजक पुष्पराज दाहाल सदस्य भिम बहादुर गुरुङ्ग र सदस्य महेश गुरुङ्ग को समितिले सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्सिय संचालक समिति निर्विरोध निर्वाचित हुनु भएको धोषणागर्दै समितिको उपाध्यक्ष शेरकाजी गुरुङ्ग, सचिब दिल बहादुर भट्टराई, कोषाध्यक्ष पुर्णभद्र अधिकारी, सदस्यहरूमा किरन बैध बिजुक्छे, योगराज पौडेल, क्या।श्याम बहादुर गुरुङ्ग, तिलु गुरुङ्ग र बिष्णु प्रसाद गुरुङ्ग र लेखा तथा सुपरिवेक्षण समितिका संयोजकमा श्याम गुरुङ्ग, सदस्यहरूमा कुलराज शर्मा र चक्रपाणी दाहाल निर्विरोध निर्वाचित हुनुभएको धोषणा गर्नुहुदै निर्वाचन समितिका संयोजक षुष्पराज दाहाल ले नब निर्वाचित सबैलाई सफत ग्रहण गराउनु भएको थियो ।

२४औ साधारण सभामा प्रस्तुत अध्यक्षको प्रतिवेदन अध्यक्ष क्या। चन्द्र प्रसाद गुरुङ्गको प्रतिवेदन सचिब बहादुर भट्टराई र कोषाध्यक्ष को प्रतिवेदन कोषाध्यक्ष शेरकाजी गुरुङ्ग र संचालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले आ।ब। ०८०÷०८१ को बार्षिक निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको बजेट मा हाल सम्म १ अर्ब ३२ करोड बराबरको कारोबार प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सर्बसंवत पास गरिएको उक्त सभामा आगामी बर्षमा १ अर्ब ५० करोड पु¥याउने लक्ष राखीएको उक्त साधारण सभामा बिशिष्ठ अतिथि एवं जिल्ला सहकारी संघ लि। कास्कीका अध्यक्ष साबित्रा कोइराला, राष्ट्रिय सहकारी बैक गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डे, सस्थाका सल्लाहकार महेश गुरुङ्ग, सस्थाका कानुनी सल्लाहकार पुष्पराज दाहाल, सहकारी बिज्ञ भिम गुरुङ्ग, राम बजार सोसाइटी यूकेका सल्लाहकार डा। चन्द्र बहादुर गुरुङ्ग, रामबजार सोसाइटी यूकेका पुर्व अध्यक्ष रूपक गुरुङ्ग, याङ्जाकोट तमू समाजका अध्यक्ष जेम्स प्रसाद गुरुङ्ग, फिर्के तमू समाजका अध्यक्ष काजीमान गुरुङ्ग, दाहाल समाज नेपाल का अध्यक्ष छबिराज दाहाल लगायतका बक्ताहरूले फेवा सहकारी गण्डकी प्रदेशकै उत्कृष्ट बैकिङ्ग कारोबारमा पुरस्कृत भएको ले स्थायित्व राख्न सदस्यहरू एकजुट भै सस्थाको विकास र प्रबर्द्धनमा लागिरहनु पर्ने कुरामा जोड दिनु हुदै अनवरत रूपमा अगाडी बढिरहेको र सहकारीलाई समय सापेक्षा सदस्यहरू को क्षमता अभिवृद्धि, उधमशिलताको विकासका साथै नियमित बचत गराउनु पर्ने कुरामा सबैले जोड दिनुभएको उक्त कार्यक्रममा नब निर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी बिकासका लागी अझै काम गर्न बाकी रहेको महसुस गर्नुहुदै फेवा सहकारीको बिकासका लागी थप कार्यहरूगर्दै जाने प्रतिबद्धता जाहेर गर्नु भयो ।

उक्त साधारण सभा मा कार्यक्रम संयोजक एवं उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी सस्था का अध्यक्ष क्या।चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा सहकारीका सात सिद्धान्त बाचन सहकारी सस्थाकि सदस्य किरन बैध बिजुक्छेले गर्नु भएको कार्यक्रममा सस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 



This will close in 20 seconds