छैटौं डायमण्ड रनिङशिल्ड शुरु

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८० मा प्रकाशित


लेखनाथ, ३० असोज

पोखरा महानगरपालिका वडा नं। २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयमा छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच बिभिन्न विधामा खेलकुद आयोजना गरि पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको शिप विकास तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड मा। वि।का निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ।

कार्यक्रमको उद्माघाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २९का वडा अध्यक्ष श्री प्रसाद गुरुङ्गले साबिक लेखनाथका विद्यालयहरुका लागि खेलकुदको विकासका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले ४ दिन सम्म हुने कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो, त्यस्तै व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछानेले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो।

छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिताको आज भएको सेभेन ए साइड फुटबल खेलतर्फ टिम आनन्द १२, अल स्टार १२, टिम सट, टिम कुशल दोस्रो चरणमा प्रवेश गर्न सफल भएको खेलकुद शिक्षक मनिष छेत्रीले जानकारी दिनुभएको छ। खेलकुदको पहिलो दिन सोमबार भएको सेभेन ए साइड फुटबल तथा छात्र तर्फ भलिवल, छात्र र छात्रा तर्फ टेबलटेनिस लगायतका खेलहरु खेलाईएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ। खेलकुद प्रतियोगिता यहि कार्तिक २ गतेसम्म संचालन हुने संचालन हुने बताईएको छ ।