पोखरा २८, असोज
ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखराको पृथ्बीचोक, बगर, महेन्द्रपुल लगायतका स्थानमा दीप प्रज्वलन गरिएको हो ।
हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका २५४ जना नेपालीको उद्दार गरेको छ । नेपालीहरुको थप उद्धार गर्न सरकार तयार रहेको जनाएको छ ।
ईजराईल आक्रमणमा परेर ज्यान गुमाएकाहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले बताए । दीप प्रज्वलनमा समितिका पदाधिकारी, निवर्तमान तथा पूर्व अध्यक्षहरु, कार्य समिति सदस्यहरु तथा साधारण सदस्यहरु सहभागि भएका थिए । समितिले पोखराको पृथ्बीचोकमा दीप प्रज्वलन गरेको हो । त्यसै गरी विभिन्न संघ संस्थाहरुले दीज प्रज्वलन गर्दै आएका छन्।