कलाकार संघको शुभकामना आदानप्रदान

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८० मा प्रकाशित


अशोज २८, पोखरा

पोखरा सांगितिक कलाकार संघले विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाका पदाधिकारी र सदस्य विच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ्ग भाइले नेपालीहरुको महानपर्व विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै कलाकारहरुमा सृजनशिलता सदैब कायम रहोस भन्नुभयो । उहाँले हालै सम्पन्न इन्टर कलेज ब्याण्ड च्यालेञ्ज सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनुभएको छ । पुर्व अध्यक्ष श्यामसुङ्ग तामाङ्गले दशैंको शुभकामना व्यक्त गर्दै कलाकारलाई यस्ता चाडले अझै रचनात्मक बनाउने बताउनुभयो । संस्थाका सहसचिव विनोद वानियाले सामुहिकता र एकतामा नै बल हुन्छ भन्दै यो पर्वले अझ बढि एकताबद्ध बनाओस भन्दै शुभकामना दिनुभएको थियो ।

संस्थाका अध्यक्ष हर्कराज गुरुङ्ग भाइको अध्यक्षतामा भएको कार्यक्रममा इन्टर कलेज ब्याण्ड च्यालेञ्ज कार्यक्रमको समिक्षा समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव भाष्करध्वज श्रेष्ठले गरेका थिए ।