पोखराको बिबि मार्केटमा ओल्डीङ सहितको तालावन्दी

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २७, असोज

दशैं पर्वको अवसरमा मुख्य बजारका सटरहरुमा व्यपारीहरुलाई व्यापार गर्न भ्याई नभ्याई भएको अबस्थामा पोखराको बिबि मार्केटमा आबद्ध व्यवसायीहरु भने आन्दोलित हुनु भएको छ । नयाँ भाडा दर सहित नयाँ कम्पनी गुडलक कम्पनी प्रालिले ठेक्का पाएर स्थानीय व्यवसायीहरुसंग पटक पटक छलफल गर्दा पनि वार्ता निष्कर्षमा नटुंगिएपछि कम्पनीले व्यवसायीहरुको सटरमै ओल्डीङ सहितको तालावन्दी गरे पछि व्यवसायीहरु आन्दोलित हुनु भएको हो ।

शनिबार उक्त क्षेत्रका व्यवसायीहरुले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफुहरुले अहिलेको अबस्थामा ठेकेदार कम्पनीले भने अनुसारको सटर भाडा तिर्न नसक्ने गुनासो गर्नु भएको हो । आफुहरुसंग वार्ता र छलफल भएकै समयमा ठेक्का पाएको कम्पनीको रातारात आफुहरुलाई धम्काउदै आफुहरुको पसलमा ताल्चा सहित ओल्डीङ समेत गरेको बिबि मार्केट व्यवसायी समितिका सदस्य नारायण चापागाईले बताउनु भयो । आफुहरुले समयसापेक्ष भाडा र धरौटी दिन तयार भएको तर अश्वभाविक भाडा र धरौटी रकम दिन नचाहेको उनले जनाउनु भयो । ठेकेदार कम्पनीले प्रति सटर मासिक १६ हजार देखि ५० हजारसम्म माग गरेको अबस्थामा व्यवसायीहरुले भने ३२ हजारसम्म भाडादर दिन तयार भएको बिबि मार्केटका एक रेष्टुरेण्ट व्यवसायी प्रमेश लामिछानेले बताउनु भयो।

हाल आफुहरुले अधिकतम २० हजारसम्म भाडा तिरेको अबस्थामा अहिलेको आर्थिक मन्दिरको मारमा मासिक अस्वभाविक रुपमा बढाएको भाडा शुल्क तिर्न आफुहरु नसक्ने उहाँले उल्लेख गर्नु भयो । ठेकेदार कम्पनीले ६ बर्षको लागि ९९ लाख ७९ हजार ८ सय ७२ रुपैया बुझाए पनि आफुहरुसंग मासिक २६ लाख मुनाफा हुने गरी रकम माग गरेको बिबि मार्केटका एक व्यवसायी सुमन केसीले दाबी गर्नु भयो । कम्पनीले साँढे ४ लाखसम्म धरौटी तिर्ने व्यवसायीलाई ६ बर्षको उक्त सटर आफु खसि खरिद बिक्रि गर्न पाउने गरी धरौटी लिने अन्यको अबस्थामा भने अप्ठ्यारो अबस्थामा वा खरिद बिक्रिको समयमा उक्त धरौटी रकम व्यबस्थापन गर्ने जनाएको छ ।

नयाँ भाडा दर सहित नयाँ कम्पनी गुडलक कम्पनी प्रालिले ठेक्का पाएर स्थानीय व्यवसायीहरुसंग पटक पटक छलफल गरे पनि वार्ता विना निष्कर्षमा टुंगिए पछि अन्ततः पोखरा पृथ्बीचोकमा रहेको बिबि मार्केट (हङकङ बजारसंगै) मा हाल ओल्डीङ सहित तालावन्दी भएको हो । विगत लामो समय देखि उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले नयाँ टेण्डर अनुसार नयाँ प्रकृयाबाट सम्झौता गर्न नमाने पछि हाल आफुहरुले बाध्य भएर व्यपारीक सटरहरुमा ओल्डीङ सहितको तालावन्दी गर्न बाध्य भएकोे प्रालिका संचालक मध्यका एक तोरण गुरुङले एटुजेडलाई बताउनु भयो ।

आफुहरुले सम्झौता गरी ३ महिना भित्र ३० लाख रुपैया राज्यलाई बुझाउनु पर्नेमा व्यवसायीहरुले हालसम्म २७ रुपैया पनि नदिएकोले व्यवसायीहरुसंग पटक पटक छलफल गरेर लगभग टुंगिएको बिषयमा केही व्यवसायीहरुले अनावश्यकमा उचालेर हङगामा गर्न खोजेको उहाँको आरोप थियो । चालु आर्थिक बर्षको साउन ११ गते आफुहरुले उक्त भवन सहितको जग्गा भाडामा लिएकोले आजको मिति असोज २७ गतेसम्म एक पैसा पनि व्यवसायीहरुबाट उठान नसकेको अबस्थामा आफुहरुले अब नयाँ व्यवसायीहरुलाई राख्ने तयारी गरेको संचालक गुरुङले बताउनु भयो । आफुहरुसंग हालसम्म करिब १० जना व्यवसायीहरुले सम्झौता गरेको बताउदै संचालक गुरुङले अधिकांश व्यवसायीहरु नयाँ टेण्डर हुँदा बढी मुल्यमै भएकोले सोही अनुसार भाडादर तिर्न तयार भएको अबस्थामा केही व्यवसायीहरुले अनावश्यक उचालेर बिबादित बनाएको दाबी गर्नु भयो ।

ठेकेदार कम्पनीले प्रति सटर मासिक १६ हजार देखि ५० हजारसम्म माग गरेको अबस्थामा व्यवसायीहरुले भने ६ हजार ५ सय देखि ३२ हजारसम्म भाडादर दिन तयार भएको बिबि मार्केटका एक रेष्टुरेण्ट व्यवसायी प्रमेश लामिछानेले बताउनु भयो । हाल आफुहरुले अधिकतम २० हजारसम्म भाडा तिरेको अबस्थामा अहिलेको आर्थिक मन्दिरको मारमा मासिक अस्वभाविक रुपमा बढाएको भाडा शुल्क तिर्न आफुहरु नसक्ने उहाँले बताउनु भयो । ठेकेदार कम्पनीले ६ बर्षको लागि ९९ लाख ७९ हजार ८ सय ७२ रुपैया बुझाए पनि आफुहरुसंग मासिक २६ लाख मुनाफा हुने गरी रकम माग गरेको बिबि मार्केटका एक व्यवसायी सुमन केसीले दाबी गर्नु भयो । कम्पनीले साँढे ४ लाखसम्म धरौटी तिर्ने व्यवसायीलाई ६ बर्षको उक्त सटर आफु खसि खरिद बिक्रि गर्न पाउने गरी धरौटी लिने अन्यको अबस्थामा भने अप्ठ्यारो अबस्थामा वा खरिद बिक्रिको समयमा उक्त धरौटी रकम व्यबस्थापन गर्ने जनाएको छ ।

कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको गुडलक कम्पनी प्रालिले सम्झौता (६ वर्ष) को पहिलो २ वर्षका लागि प्रति महिना ८ लाख ३१ हजार ६ सय ५६ रुपैयाँमा तिर्नुपर्ने उल्लेख छ । आफुहरुलाई व्यवसायबाट विस्थापित गराई एयरपोर्टमा सुर्केस समाउने अबस्थामा नपुर्याउन व्यवसायीहरुले धम्की दिनु भएको छ ।