पोखरा २३, असोज
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानति भएकी छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिमखडालाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले सम्मान गरेको छ ।
संविधान दिएको जनताको मौलिक हक सुनिश्चित गरी जनतालाइ सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालहरुमा निशुल्क बेड व्यवस्थापन लगायतका उल्लेखनीय कार्यगरेकोमा कदर स्वरुप सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख छ । प्रसंशा पत्र प्रदा गदै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताए । सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे । ‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’