्कास्की अन्नपूर्णको किम्रोङमा हिजोबेलुका देखि खोला थुनियो

-


     पोखरा क्लिक     
     असाेज २१ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २१, असोज

कास्कीको अन्नपूर्णमा गाउँपालिका वडा नम्बर ११ मा पर्ने किम्रोङमा पहिरो गएर खोला थुनिएको छ । शनिबार (हिजो) बेलुका करिब ९ः०० बजे देखि थुनिएको पानीको वाहवले गर्दा हाल तल्लो तटिय क्षेत्रमा उच्च जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख बिष्णु केसीले बताउनु भयो ।

पानीको बाहब थुनिएकोे हाल अन्नपूर्णमा गाउँपालिका वडा नम्बर ११ सहित ७, ८ १० वडामा केही जोखिम हुन सक्ने भएकोले हाल सर्तक हुन वडा अध्यक्ष केसीले स्थानियहरुलाई आव्हान गर्नु भएको छ । उहाँले भन्नु भयो “बर्षादको समयमा पानीको वाहब बढी नै भएकोले गर्दा लामो समय थुनिँदा ठूलो ताल बनेको छ अब त्यसले तल्लो तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकोले सबै जना यसमा सर्तक हुन आवश्यक छ ।” पहिरोले थुनियर ताल बनेको अबस्थामा त्यसलाई पानी खुलाउने प्रयास स्वरुप सुरक्षा निकायका सबै अंग नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वल, स्थानिय बासिहरुलाई समेत हार गुहार गरिएको अन्नपूर्णमा गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिम बहादुर गुरुङले बताउनु भयो ।

उहाँका अनुसार हाल उक्त ताल बनेको भागको एक छेउबाट पानीको केही भाग जान थालेको छ । पानी थुनियर ताल बनेको अबस्थामा एकै पटक खोलिने अबस्था भएमा ठुलो विपद् निम्तिन सक्ने भन्दै वडा अध्यक्ष गुरुङले समेत सचेत रहन आग्रह गर्नु भएको हो ।

ताल बनेको भागबाट बाँध फुटेमा मोदीखोलालाई पनि ठूलो असर गर्ने भएको गाउँपालिकाका प्रमुख केसीले बताउनु भयो । हिउँदमा पनि पानी हुने किम्रोङ खोला र पाउलुको बिच भागमा पर्ने क्षेत्रमा हिजो बेलुकैबाट पहिरो गएका कारण किम्रोङ खोला थुनियको उहाँले बताउनु भयो । हिजैबाट आफुहरुले खोलाको तटिय क्षेत्रका स्थानियलाई सर्तक रहन आग्रह गरेको अध्यक्ष केसीले जनाउनु भयो ।